बडीगाड राक्सेमा शितल क्लवको महाशिवरात्रि मेला सुरु !

कमल पौडेल, बडीगाड, बागलुङ २०७५ फागुन १८ । बडीगाड गाउँपालिका २ राक्से स्थित शितल क्लव आयोजनामा महाशिवरात्रि मेला राक्सेमा सुरु भएको छ । बडीगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेलल मेलाको उद्घाटन गर्दैे खेलकुदले युवालाई अनुसासित हुन सिकाउने वताईन् । मेला पर्वले कला संस्कृतिको संरक्षणमा योगदान दिने खरेलको भनाई छ ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का कृष्ण प्रसाद खरेल, वडीगाड युवा मञ्चका अध्यक्ष ढालेन्द्र शेरचन, पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्रराज पन्थी लगाएतले मेला सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसै विच मेलाकै अवसरमा आयोजना गरिएको अन्तर विद्यालय स्तरीय शिवरात्रि विषयक वक्तृत्वकला प्रतियोगितामा भानुमावि ग्वािलचौर प्रथम, त्रिभुवन मावि भुवाचिदी व्दितिय, त्रिभुवन मावि खर्वाङ तृतिय तथा भगवती प्रावि जिमी सान्त्वनाले पुरस्कृत भएका छन् ।
कार्यक्रम अवधिभर खुल्ला भलिवल प्रतियोगीता, रेकर्ड नृत्य प्रतियोगीता, घैंटोफोड प्रतियोगीता लगाएतका कार्यक्रम आयोजना गरिएको क्लवले जनाएको छ ।

कार्यक्रमकै अवधिमा राष्ट्रिय कलाकारहरु राजु परियार, विष्णु श्रीपाली, पुरन घर्ति लगाएत हाँस्य टेली श्रृङ्खला गञ्जागोलको टिमको सहभागिता रहने सचिव दिपक घिमिरेले बताए ।

उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष फारम थापाको अध्यक्षता, मेला संयोजक गोकुल गिरीको स्वागत मन्तव्य तथा सचिव दिपक घिमिरेको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम २० गते सम्म चल्ने आयोजकले वताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.