जिल्लाका प्रत्येक घरधुरीमा राप्रपा अध्यक्ष कमल थापाको चिठी !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ चैत ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी केन्द्रीय सदस्य दुर्गा श्रेष्ठले बैशाख ३१ गतेहुने स्थानीय तहको चुनावमा कुनै न कुनै स्थान लिने गरी अगाडी बढ्न सबैलाई तयारीमा रहनुपर्ने बताएकी छिन् ।

पार्टी कार्यलयको उद्घाटन कार्यक्रममा सहभागी हुदै उनले स्थानीय तहको चुनावलाई लक्षित गरेर प्रत्येक जनताको घरधुरीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको चिठी पठाउने बताईन।

जिल्ला कार्य समिति अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य दिलविकास राजभण्डारीले पनि बोलेका थिए ।
कार्यक्रम उपाध्यक्ष नविनचन्द्र सर्वुजाको स्वागत र सचिव विष्णु सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.