स्थानीय तह पुनर्संरचनामा बागलुुङ : सबभन्दा ठुलो ढोरपाटन सबभन्दा सानो बागलुङ नगरपालिका !

बागलुङ २०७३ चैत ८ । स्थानीय विकास मन्त्रालयले हालै राजपत्रमा प्रकाशित गरेको स्थानीय तह पुनर्संरचना अनुसार साबिक १ नगर पालिका र ५९ गाउ विकास समितिहरु रहेको बागलुङ जिल्लालाई ४ नगरपालिका र ६ गाउँपालिकामा विभाजित गरिएको छ ।

* नयाँ पुनर्संरचना अनुसार बागलुङ जिल्लामा बागलुङ, गल्कोट र ढोरपाटन नगरपालिकाहरु ठाउँको नाममा र जैमिनी नगरपालिका जैमिनी (जैमुनी)ऋषिको नाममा नामाकरण गरिएको छ ।

* क्षेत्रफलका हिसावले सवभन्दा ठुलो नगरपालिका ढोरपाटन हो भने सबभन्दा सानो बागलुङ नगरपालिका हो ।
जनसंख्या र वडाहरुको हिसाबले सबभन्दा ठुलो बागलुङ नगरपालिका रहेको छ भने ढोरपाटन सबभन्दा सानो नगरपालिका बनेको छ ।

* जिल्लाका ६ गाउपालिकाहरु मध्य ५ गाउपालिकाहरुको नाम काठेखोला, ताराखोला, तमानखोल, बडीगाड खोला र निसी खोला को नाममा नामाकरण गरिएको छ । बरेङ एउटा मात्र ठाउँको नामले नामाकरण गरिएको गाउपालिका हो ।

* सर्वाधिक जनसंख्या र वडाहरु भएको बडीगाडखोला गाउपालिका हो भने सवभन्दा कम जनसंख्या भएको गाउपालिका तमान हो ।

* सबभन्दाकम वडाहरु भएको गाउपालिका ताराखोला बनेको छ । यसमा जम्मा ५ वडाहरु रहेका छन् ।

* बागलुङ नगरपालिका

बागलुङ नगरपालिकामा साबिकका मालिका, तित्याङ, भकुण्डे, रायडाँडा, पैयुँपाटा, नारायणस्थान गाविसहरु पुरै र सिगाना गाविसको ६ नं वडा बाहेक सबै र पाला गाविसको ६ देखी ९ वडाहरु समावेश गरिएको छ । बागलुङ नगरपालिका वडाहरु (१४) र जनसंख्या (५७,८२३)को हिसावले सबैभन्दा ठुलो तर क्षेत्रफल (९८.०१ बर्ग किमि) को हिसावले सबभन्दा सानो नगरपालिका बनेको छ ।

*ढोरपाटन नगरपालिका

ढोरपाटन नगरपालिका जिल्लामै धेरै क्षेत्रफल (२२२.८५ बर्ग किमि) भएको नगरपालिका हो । अन्य ३ नगरपालिका भन्दा सबभन्दा कम (८) वडाहरु भएको नगरपालिका पनि यहि हो । यस्को जनसंख्या २६,२१५ रहेको छ भने यसमा साबिकका बोवाङ, अधिकारीचौर, बुर्तिवाङ र खुंगा गरी ४ गाविसहरु समावेस गरिएको छ ।

* गल्कोट नगरपालिका

गल्कोट नगरपालिकामा मल्म, काँडेबास, हरिचौर, हटिया, नरेठाँटी, दुदिलाभाटी, रिघा र पाण्डवखानी गरी साबिकका ८ गाविसहरु समावेस गरिएको छ । यस्को जनसंख्या ३३,०९७ रहेको छ भने यसमा ११ वडाहरु कायम गरिएको छ । यस नगरपालिकाको क्षेत्रफल १९४.३९ वर्ग किमि रहेको छ ।

* जैमिनी नगरपालिका

जैमिनी नगरपालिकामा कुस्मीसेरा, विनामारे, जैदी, अर्जेवा, छिस्ती, सर्कुवा, दमेक, पैयुँ थन्थाप र राङखानी समेत साबिकका ९ गाविसहरु समावेस गरिएको छ । जम्मा १० वडा कायम गरिएको छ । यस नगरपालिकाको जनसंख्या ३१,४३० छ भने क्षेत्रफल १११.७८ रहेको छ ।

* बडीगाडखोला गाउपालिका

जिल्लामा कायम गरिएका ६ गाउँपालिकाहरुमा बडीगाड खोला गाउपालिका सबभन्दा धेरै जनसंख्या (३०,९०६) र सबभन्दा धेरै वडा (१०) भएको गाउँपालिका हो । यसको क्षेत्रफल १७८.६८ बर्ग किमि रहेको छ । यसमा ग्वालिचौर, दगातुन्डाँडा, सिसाखानी, जलजला, रणसिँहकिटेनी, दर्लिङ र भिङगिठे गरी ७ गाविसहरु समावेस गरिएको छ ।

* निसीखोला गाउपालिका

निसीखोला जिल्लाको सर्वाधिक २४४.३७ वर्ग किमि क्षेत्रफल भएको गाउपालिका हो । यसमा साबिकका निसी, बोहोरागाउँ, देविस्थान र राजकुत गाविस समावेस छन् । यसको जनसंख्या २० हजार ६ सय ११ रहेको छ भने यसमा ७ वडाहरु कायम गरिएको छ ।

ताराखोला गाउपालिका

ताराखोला सबभन्दा कम ५ वडाहरु कायम गरिएको गाउपालिका हो । यस गाउपालिकामा १२ हजार ९ जनसंख्या छ भने क्षेत्रफल १२९.५३ बर्ग किमि रहेको छ । यसमा अर्गल, अमरभूमि, हिल र तारा गरी साबिकका ४ गाविसहरु समावेस गरिएको छ ।

* तमानखोला गाउपालिका

तमानखोला गाउपालिका सबभन्दा कम तमान, खुंखानी र बोँगादोभान ३ गाविस समावेस गरिएको ६ वडाहरुबाट बनेको गाउपालिका हो । यसमा १०,६५९ जनसंख्या रहेको छ भने यसको क्षेत्रफल १७८.०२ बर्ग किमि रहेको छ ।

* काठेखोला गाउपालिका

काठेखोला गाउपालिका ८ वडाहरुबाट बनेको छ । यसमा साविकका बिहुँकोट, लेखानी, भिमापोखरा, धम्जा, तंग्राम रेश गाविसहरु पुरै र पाला गाविसको वडा नं १ देखी ६ तथा सिगाना गाविसका् वडा नं ६ समोवेस गरिएको छ । यस गाउपालिकाको जनसंख्या २२ हजार ८ सय ६५ छ भने यसको क्षेत्रफल ८२.८८ वर्ग किमि रहेको छ ।

* बरेङ गाउपालिका

बरेङ गाउपालिकामा साबिकका धुल्लुबास्कोट, हुग्दीशिर, बाटाकाचौर, सल्यान र सुखौरा गाविसहरु समावेस गरिएको छ । या गाउपालिकामा पनि ताराखोला गाउपालिका जस्तै ५ वडा कायम गरिएका छन् । यस गाउपालिकाको जनसंख्या १४,४९२ रहेको छ भने यसको क्षेत्रफल ७५.२८ बर्ग किमि रहेको छ ।

* काठेखोला र निसीखोला गाउपालिकाको केन्द्रलाई लिएर स्थानीयको असन्तुष्टी बाहिर आएको छ ।

* नगरपालिकाहरुमा खटिएका कार्यकारी अधिकृतहरुको नामावली यसप्रकार छ-

* गाउपालिकाहरुमा खटिएका अधिकृतहरुको नामावली यसप्रकार छ –

* स्थानीय तहको निर्वाचनको लागि जिल्लामा १ सय ३ वटा मतदान केन्द्रको निर्धारण गरिएको छ ।

* निर्वाचन कार्यालयका अनुसार जिल्लामा १४ राजनितिक दल दर्ता छन्-

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *