दर्लिङमा श्रीमतीको साँप्रामा गोली हानी श्रीमान फरार, घाईते श्रीमती २४ घण्टा देखी घरमै, प्रहरी घटनास्थलमा !

दिनेश शर्मा, बडीगाड (बागलुङ) २०७५ फागुन १७ । बडीगाड गाउँपालिका- १०, साबिक दर्लिङ गाविस-७ को पात्लेकटेरीमा आपसी बिबादमा श्रीमानले श्रीमतीलाई गोली प्रहार गरी घाईते बनाएका छन । ३५ वर्षिय श्रीमान चन्द्रबहादुर घर्तीले आफ्नी २५ वर्षिया श्रीमती बालकुमारी घर्तीलाई भरुवा बन्दुकले साँप्रामा गोली हानेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका नवागत प्रहरी उपरीक्षक कृष्णहरि शर्मा पोखरेलले दिएको जानकारी अनुसार श्रीमानले हिँजो विहान साढे १० बजेको समयमा आपसी झगडामा श्रीमतीको साँप्रामा गोली हानेको आज (फागुन १७) विहान स्थानीयले जिल्ला प्रहरी कार्यालय बागलुङमा खवर गरेकाले ईलाका प्रहरी कार्यालय भिङगिठेबाट प्रहरी टोली खटाई टोली अहिले घटनास्थल पुगिसकेको छ ।

घटनास्थल पुगेका ईप्रका भिङगिठेका प्रनानि भोजबहादुर बानियाँसंग सम्पर्क राख्दा घाईते श्रीमती बाल कुमारीलाई उपचारका लागी मध्यपहाडी लोकमार्ग सम्म स्टेचरमा हाली पठाईएको बताए । उनले श्रीमान भने गोली हाने पछी फरार रहेको जानकारी दिए ।

स्थानीयले चन्द्रबहादुर घर्तीले हिँजो विहान साढे १० बजे सम्म तरकारी नपाएको भन्दै भरुवा बन्दुकले श्रीमतीको साँप्रामा हानेको बताएका छन् । गोली (छर्रा) लागेपछी पनि कसैलाई नभनी बालकुमारी घरमै बसीरहेकी र चन्द्रबहादुर फारर रहेकाले आज विहान मात्र घटना सार्वजनिक भएको स्थानीयको भनाई छ ।

घाईते बालकुमारी लौरोको सहारा हिँडडुल गर्न सक्ने पनि स्थानीयको भनाई छ । बडीगाड-१० का वडाध्यक्ष वीरेन्द्र बुढाका अनुसार श्रीमान श्रीमतीवीच दिनहुँ झगडा भैरहने स्थानीयले बताएका छन् । हिँजो बिहान खाना किन ढिलो पकाएको भन्ने निहुँमा भरुवा बन्दुकले साँप्रामा हानेको बुझिएको छ ।

प्रहरीका अनुसार एकदम बिकट ठाउँ भएको र हिँउले गर्दा गाडी नचल्ने भएकोले उनलाई थप उपचारका लागि मध्यपहाडी लोकमार्ग सम्म स्टेचरमा राखी पठाईएको छ । प्रहरीले भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।
(थप विवरण आउन बाँकी)

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *