आजको तस्वीर : पन्चकोटमा महायज्ञको पाँचौ श्रृंखला सम्पन्न !

शव्द/चित्र : कृष्ण सापकोटा

बागलुङ २०७५ फागुन १७ । बागलुङ नगरपालिका-६ विश्वशान्ति सर्वसिद्धिधाम पन्चकोटमा धनधान्यान्चल बिराट महायज्ञको पाँचौ श्रृंखला सम्पन्न भएको छ । यहि फागुन ९ गते सांसद देवेन्द्र पौडेलले शुभारम्भ गरेको महायज्ञको समापन फागुन १५ गते भएको हो ।

स्वामी कमलनयनाचार्य फागुन १४ गते पन्चकोट महायज्ञमा समुपस्थित रहेर भोलि पल्ट फागुन १५ गते फर्किएको महायज्ञ आयोजकले जानकारी दिएका छन् ।

महायज्ञको पाँचौ श्रृंखलामा करीब रु ५० लाखको हाराहरीमा रकम संकलन भएको आयोजकको प्रारम्भिक अनुमान छ । हरहिसाब हुँदैछ केहि दिनमा यथार्थ विवरण सार्वजनिक गरिने आयोजकले बताएका छन् ।

महायज्ञ अवधिभर पण्डित घनश्याम आचार्यबाट धार्मिक प्रवचन वाचन गरिएको थियो । महायज्ञमा श्रद्धालुहरुको उत्साहजनक सहभागित रहेका आयोजकले जानकारी दिएका छन् ।

पछिल्लो समय धार्मिक पर्यकटीय गन्तव्य बनेको पन्चकोट दृश्यावलोकनका लागी पनि प्रशिद्धि कमाएको छ । निर्माणाधीन अवस्थामा रहेका ५ हजार ५ सय ५५ केजीको महाघण्ट र १२८ फिट अग्लो कलश निर्माण सम्पन्न भएपछी पन्चकोटको महिमा उच्च शिखरमा पुग्ने विश्वास गरिएको छ ।


लेखक, सापकोटा सन्चारकर्मी हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.