नेपाल मा बि ताराको स्वर्ण महोत्सव सम्पन्न : करिब १ करोड ६५ लाख रकम संकलन !

पूर्णभद्र निउरे, ताराखोला २०७५ फागुन १७ । नेपाल माध्यमिक विद्यालय ताराखोला गाउँपालिका ४ ताराको स्वर्ण महोत्सव बिहिबार सम्पन्न भएको छ । फागुन ७ गते देखि शुरु भएको महोत्सव बर्षा र हिमपातका कारण एकदिन ढिलो गरि सम्पन्न भएको हो ।

स्वर्ण महोत्सवको अबसरमा प्राबिधिक शिक्षा, कक्षा १२ सम्म नि:शुल्क शिक्षा र क्याम्पस संचालनका लागि आधार तयार पार्ने उदेश्य ले संचालन गरिएको आर्थिक संकलन अभियानमा करिब १ करोड ६५ लाख संकलन भएको आर्थिक सयोजक नर बहादुर थापाले जानकारी दिए ।

स्वर्ण महोत्सवको अबसरमा देश बिदेशबाट संचालित अभियानबाट एक करोड संकलन गर्ने लक्ष्य लिएकोमा अपेक्षा भन्दा बढी रकम संकलन गनर्स फल हुन सकेको मुल आयोजक समितिका अध्यक्ष दिवस खत्री पदमले बताए । उनले प्राप्त रकम मध्य केही रकम पुर्बाधार निर्माणका लागि प्राप्त भएकोले स्वर्ण महोत्सवको खर्च कटाएर बाकी रकमबाट लक्ष्य अनुसारको कार्यक्रम अगाडि बढाइने बताए ।

समापन कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक थम प्रसाद रोकाले बिद्यालयको प्रगती प्रतिबेदन र भाबी योजना प्रस्तुत गरेका थिए।

बिहिबार सम्पन्न खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा देउराली युवा क्लब हिलको समुह B प्रथम र देउराली युवा क्लब हिल कै समूह A दित्तिय हुँदै क्रमश नगद ८० हजार र ५० हजार पुरस्कार हात पारेका छ्न । त्यस्तै हिजै सम्पन्न शिक्षक र अभिभावकको मैत्रीपुर्ण भलिबल खेलमा अभिभावकको टिम बिजयी बनेको छ।

स्वर्ण महोत्सवको अबधि भर बिद्यालयले बिद्यालयक सस्थापक, पुर्ब बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष , पुर्ब प्र अ तथा शिक्षक विद्यालयमा अध्ययन गरि शिक्षा , निजामती ,बैंकिङ तथा विभिन्न क्षेत्रमामा प्रबेश गरेका पुर्ब बिद्यार्थी, स्नातकोत्तर उत्तीर्ण विद्यार्थीहरु साथै चन्दादातालाई सम्मान गरिएको थियो ।

यसै गरि प्रतियोगितात्मक कार्यक्रम तर्फ प्राबी स्तरिय हाजिरी जवाफ प्रतियोगिता, आधारभुत तहको छात्र भलिबल , मा बि तहको बक्तृत्वकला , सामुहिक सास्कृतिक नृत्य , खुला वडास्तरिय महिला तथा पुरुष भलिबल लगायत का कार्यक्रम सम्पन्न गरेको खेलकुदसंयोजक लोक बहादुर क्षेत्रीले जानकारी दिए ।

समापन कार्यक्रम स्वर्ण महोत्सव मुल आयोजक समितीका अध्यक्ष दिवस खत्री पदमको अध्यक्षता र शिक्षक बिबेक परियारको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.