१० देशका कलाकारहरुद्वारा बागलुङमा विशेष सांस्कृतिक प्रस्तुती !
नेपालीहरुले आफ्नो धर्मसंस्कृती मास्दै गएकोमा रसियन गुरु पत्री दासव्दारा दु:ख व्यक्त !

नेपालीहरुले आफ्नो धर्मसंस्कृती विर्सन नहुने कुरामा गुरु पत्री दासको विशेष जोड !

बागलुङ २०७५ फागुन १६ । बागलुङको इतिहासमै पहिलोपटक एकैसाथ १० देशका ३० जना अन्तर्राष्ट्रिय कलाकारहरुले विशेष सांस्कृतिक प्रस्तुती दिएका छन् । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ बागलुङको आयोजनामा महारात्रि कार्यमा विदेशी कलाकारहरुले विशेष सांस्कृतिक प्रस्तुतीका माध्यमबाट नेपाली संस्कृतीको महानता गान गर्नुका साथै संरक्षण गर्न पनि सन्देश दिएका छन् ।

५०० भन्दा बढी दर्शकले भरिएको बागलुङको कालिगण्डकी फिल्म हलमा वेदा नाम गरेको अन्तर्राष्ट्रिय सांस्कृतिक समुहले रामायण, भागवत, शिवरात्रि आदिमा आधारित नाटक , नृत्य तथा गीतहरु प्रस्तुत गरेको थियो। रसिया, युक्रेन, अमेरिका, हंगेरी, पोल्याण्ड ,बंगलादेश, भुटान, भारत, अफगानिस्तान र काजकिस्तानबाट आएका कलाकारहरुले दर्शकलाई छुट्टै प्रकारको आध्यात्मिक रसस्वादन गराएका थिए ।

विदेशी कलाकारले नेपाली झण्डा उचाली राष्ट्रिय गान सहित नेपाल राष्ट्रको सम्मान गर्दै कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा रसियन गुरु पत्री दास प्रभुले मन्तव्य राख्दै नेपालीहरुले आफ्नो धर्मसंस्कृती विर्सन नहुने कुरामा विशेष जोड दिएका थिए । उनले विदेशीहरुले समेत हरेकृष्ण हरेराम जाप गर्दै जीवन समर्पण गर्न लागेको तर नेपालीहरु भने आफ्नो धर्मसंस्कृती मास्दै गएको भन्दै नजिकको तीर्थ हेला गर्न नहुने धारणा राखेका थिए। बेलुका ४.३० बाट शुरु भएको कार्यक्रम राती ८.३० बजे दर्शकको उत्साहजनक सहभागितासहित सम्पन्न भएको थियो । कार्यक्रममा गायक थानेश्वर गौतमले पनि हरेकृष्ण हरेराम भजन कीर्तन गाएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *