काठेखोला गाउँपालिकाको रेश खरको छानो मुक्त हुदै !

कोपिला कंडेल बागलुङ, २०७५ फागुन १७ । बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका वडा नम्बर ७ रेशलाई खरको छानो मुक्त वडा बनाइने भएको छ ।

धौलागिरी संचार क्लब बागलुङ्गको २३ औ साक्षात्कार कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रेम लामिछानेल गरिब दलित र बिपन्न परिवारका घरहरु पुराना जिर्ण र खरले छाएका भएको ठाउंमा वडाले खरको छानो मुक्त बनाउने अभियान शुरु गरेको जानकारी दिए ।
अभियान अन्तरगत गत बर्ष २६ वटा घरधुरीलाई जस्ता पाताद्धारा घर छाउन सहयोग गरिएको र बाकी रहेका घरधुरीलाई यो बर्ष पुर्णता दिईने वडा अध्यक्ष लामिछानेले बताए ।

गतबर्ष २६ घरधुरीका लागि करिब ७ लाख रुपैयां वडाले खर्चेको र यसबर्ष बाँकी ९ घरका लागि २ लाख रुपया छुट्याईएको लामिछानेले जानकारी दिए । लामिछानेले वडाको बिकासका लागि बिभिन्न पुर्वाधार तयार गरिएको उल्लेख गर्दै पहिलो प्राथमिकता सडक संजाललाई दिइएको बताए ।

बिकास निर्माणका लागि वडाभरी सडकको नाका खोल्ने योजनामा रहेको र रेशको एकपाटे बिहँु सिगाना लगायतका क्षेत्रमा लगानी गरेको जानकारी दिदै उनले जिल्लाको सम्मृद्धि र बिकासका लागि बानपा ६ को पञ्चकोटदेखी भिमापोखरा बिहु हुदै रेश र भैरवस्थानसम्म सडक संजाल जोड्नुपर्नेमा जोड दिए ।

लामिछानेले स्वास्थ शिक्षा र खेलकुद सहित बिद्यालयको स्तरोन्तीमा ध्यान दिने बताए । अहिले भएको ग्रामीण सडकलाई ब्यबस्थापन गर्नको लागि बजेटको अभाव हुने हुदा चाहे अनुसारको काम गर्न भने समस्या भएको उनको गुनासो थियो । रेशमा जनजातिको बाहुल्यता भएको हँुदा गाउँमा ४ वटा होमस्टे संचालन गर्ने तयारी भइरहेको समेत जानकारी दिए ।

उनले सामुदायिक बिद्यालयमा अध्यापनरत शिक्षक, स्थानिय जनप्रतिनिधिका, बालबालिकालाई पढाउनुपर्ने नियम बनाएपछि यो बर्ष ४२ जनालाई अन्यत्र स्कुलबाट ल्याउन सफल भएको तर बसाई सराईका कारण अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान भने नसकेको बताए । सामुदायिक बिद्यालयको गुणस्तर बढाउनु पर्ने दायित्व समेत अहिले आइरहेको लामिछानेले बताए । कार्यक्रम धौलागिरी सञ्चार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष किरण आचार्यको स्वागत मन्तब्य र सचिव प्रदिप पन्तको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *