गल्काेट जामुनडाडाँमा चट्याङ पर्दा २ लाख बराबरको क्षति !

सरीता खत्री, गल्काेट २०७५ फागुन १६ । गल्काेट नगरपालिका वडा नं ६ चरौदी जामुनडाडाको एक घरमा गएराती अविरल वर्षा सँगै चट्टयाङ पर्दा २ लाख बराबरको क्षति भएको छ ।

गल्कोट नगरपालिका वडा नं ६ चरौदी जामुनडाडाँका कोपिला खत्रीको घरमा माथिल्लो तलाबाट चट्टयाङ पर्दा उनको घरमा क्षति भएको हो । गएराती करिब ११ः ३० बजेको समयमा घरमा सुतिरहेको बेलामा एक्कासी चट्टायाङ पर्दा खत्रीकी बुहारी संगिता खत्रीको अनुहारमा सामान्य चोट लागेको छ । खत्रीका अनुसार बुहारी र सानो नाती सुतेको कोठामै चट्टयाङ पर्दा खत्रीको बुहारीको अनुहारमा चोट लागेको छ । खत्रीको घरको माथिल्लो तलाको केहि भाग भत्किएको छ भने माथिल्लो तलामा रहेको मिटरबक्स पुर्ण रुपमा क्षति भएको छ ।

त्यस्तै चट्टयाङले खत्रीको घरको तल्लो तलामा रहेको टिभी, दराज,लत्ताकपडा, हिलटेक सँगै तल्लो तलामा लगाइएको कठबार भत्कादा करिब २ लाख बराबरको क्षति भएको गल्कोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नर बहादुर खत्रीले जानकारी दिए । चट्टयाङको कारणले गल्कोट नगरपालिका वडा नं ६ जामुनडाडाँका सम्मर बहादुर खत्रीको घर चर्किएको छ । त्यस्तै तिलक नेपाली, तिल बहादुर नेपाली, विरु नेपालीको टिभी मिटरबक्समा क्षति पुगेको स्थानिय जित बहादुर गोतमेले जानकारी दिए । चट्टयाङ परे सँगै गल्कोट नगरपालिाक वडा नं ६ जामुनडाडाको विद्युत्त सेवा समेत अवरुद्ध भएको छ । चट्टयाङले पु(याएको क्षतिको गल्कोट नगरापालिका वडा नं ६ का वडा अध्यक्ष नर बहादुर खत्री वडा सदस्यहरु हटिया प्रहरी चौकी पत्रकार लगायतको टोलीले स्थलगत अवलोकन गरि मुचुल्का तयार पारिएको हटिया प्रहरी चौकीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.