मन्त्री अधिकारीको निधन प्रति नगरप्रमुख पौडेलव्दारा भावपूर्ण श्रद्धान्जलि !

बागलुङ २०७५ फागुन १६ । बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र प्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा दुखद निधन भएकोमा बिहीबार एक शोक बक्तव्य प्रकाशित गरी भावपूर्ण श्रद्धान्जलि अर्पण गरेका छन् ।

शोक बक्तव्यमा माननीय रबिन्द्र प्रसाद अधिकारीको निधनले संभावना बोकेको योग्य नेतृत्व, युवा नेता, सम्वृद्ध नेपाल सुखी नेपाली अभियानका सहयोगी पात्र, विकासप्रेमी राजनीतिज्ञ एक असल जनप्रतिनिधी गुमाएको उल्लेख गर्दै राष्ट्र निर्माणमा उहाँले निर्बाह गरेको योगदान र भूमिकाको सँधै सम्मान एवं स्मरणीय रहने भनिएको छ ।

शोक बक्तव्यको अन्तमा माननीय रविन्द्र प्रसाद अधिकारीको समग्रमा उच्च मुल्यांकन गर्दै निधन हुनुभएका माननीय अधिकारी सहितको शोकाकुल हुन पुग्नु भएका परिवारजन एवं आफन्तहरु प्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.