जिल्लाको शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रहरी र पत्रकारबीच समन्वय आवश्यक – प्रहरी उपरीक्षक पोखरेल

कोपिला कंडेल, बागलुुङ २०७५ फागुन १६ । जिल्ला प्रहरी कार्यालय बागलुङका नवागत प्रहरी उपरीक्षक कृष्णहरि शर्मा पोखरेलले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनका लागि प्रहरी र पत्रकारको समन्वयात्मक भुमिका हुनुपर्ने बताएका छन् ।

प्रहरी उपरीक्षक पोखरेलले आज जिल्ला प्रहरी कार्यालय बागलुङ आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शान्ति सुरक्षा लगायतका अन्य हिसांत्मक गतिबिधीको अन्त्यका लागि पत्रकारको भुमिका महत्वपुर्ण हुनेमा जोड दिए । प्रहरीले काम गर्ने क्रममा केही कमीकमजोरी हुन सक्छ, प्रहरी उपरीक्षक पोखरेलले भने, ‘प्रहरी गलत दिशामा लाग्न खोज्यो भने खवरदारी गर्ने काम संचारमाध्यमको हुनुपर्दछ ।’

जिल्लामा हुने सबैखाले सुरक्षा चुनौतीको समाधानका लागि सबैको सकरात्मक सहयोग हुनुपर्ने बताउदै, प्रहरी उपरीक्षक पोखरेलले जिल्लाका सबैखाले समस्या समाधान लगायत प्रहरी निकायबाट हुने कमीकमजोरीमा समेत आफु जिम्मेवारी पुर्बक भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले जिल्लाको शान्ति सुरक्षा र प्रहरीले खेल्नुपर्ने भुमिका लगायतका समसामायिक बिषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सहभागी पत्रकारले जिल्लाको ट्राफिक ब्यवस्थापन, लागु औषधको बढ्दो प्रयोग, हिसां तथा चोरीका घटना,कालीगण्डकी नदीको अबैध उत्खनन् र जिल्लाको चर्चित रुपा गौतम हत्या काण्ड लगायतका बिषयमा प्रहरी गम्भीर बन्न आग्रह गरेका थिए ।

कार्यक्रमको संचालन प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोईरालाले गरेका थिए ।

तस्वीर: किरण आचार्य, फोटो संपादक, ईबागलुङ ।

सम्वन्धित लिंक
बागलुङको नयाँ प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक पोखरेलको आगमन !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *