राष्ट्रिय शोक मनाउन बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय !

काठमाडौ, २०७५ फागुन १५ । नेपाल सरकारले पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको घटनामा प्रति दु:ख व्यक्त गर्दै भोलि राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्री परिषदको बैठकले भोलि बिहीबार सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नेपाली दूतावास र नियोगहरूलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *