ढोरपाटन साहित्य प्रतिष्ठान र कर्मचारी मिलन केन्द्रव्दारा नेबैलिका प्रवन्धक घिमिरेलाई बिदाई र तिवारीलाई स्वागत

बुर्तिबाङ, २०७५ फागुन, १५ । ढोरपाटन साहित्य प्रतिष्ठान र कर्मचारी मिलन केन्द्र बुर्तिबाङको संयुक्त आयोजनामा आज एक कार्यक्रमकाबीच नेपाल बैंक लिमिटेड बुर्तिबाङ शाखाका प्रमुख सुरज घिमिरेलाई विदाई गरिएको छ भने उनको स्थानमा सरुवा भई आएका भरत तिवारीलाई स्वागत गरिएको छ ।

शाखा प्रमुख घिमिरे विगत ३ वर्षदेखि नेपाल बैंक लिमिटेडको बुर्तिबाङ शाखामा कार्यरत थिए । उनी अहिले सरुवा भएर पाल्पा शाखामा जाँदैछन् भने नेपाल बैंक लिमिटेड कीर्तिपुर शाखाबाट भरत तिवारी सरुवा भई आएका हुन् । दुबै शाखा प्रवन्धकहरुलाई एकैसाथ विदाई तथा स्वागत गरिएको हो ।

विदाई भएर जाने घिमिरे ढोरपाटन साहित्य प्रतिष्ठानका सल्लाहकार एवं सम्मानित आजीवन सदस्य समेत हुन् । कविता, गजल लगायत विभिन्न साहित्यिक विधामा समेत कलम चलाउने घिमिरेको ढोरपाटन साहित्य प्रतिष्ठानको स्थापना गर्नमा महत्वपूर्ण योगदान रहेकोछ ।
बिदाई कार्यक्रममा संस्था स्थापना गर्नमा घिमिरेको योगदान महत्वपूर्ण रहेको भन्दैै प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र निरासीले उनलाई सम्मान पत्र सहित खादा र अबिर लगाएर बिदाई गरेका थिए ।

त्यैगरी अध्यक्ष निरासीले नेपाल बैंक बुर्तिबाङ शाखाका नवागत शाखा प्रबन्धक भरत तिवारीलाई पनि खादा र अविर लगाएर स्वागत गरेका थिए ।

कार्यक्रमकै अवसरमा कर्मचारी मिलन केन्द्र बुर्तिबाङको तर्फबाट केन्द्रका अध्यक्ष एवं ग्लोबल आईएमई बैंक बुर्तिबाङ शाखाका प्रबन्धक सोकेन्द्र थापाले पनि मन्तव्य सहित खादा र अबिर लगाएर घिमिरे र तिवारी दुबैलाई विदाई तथा स्वागत गरेका थिए ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख नन्दराम भुसाल, ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले मन्तव्य सहित दुबैलाई विदाई तथा स्वागत गरेका थिए ।

कार्यक्रममा विदाई मन्तव्य दिंदै नेपाल बैंक लिमिटेड बुर्तिबाङ शाखा प्रमुख सुरज घिमिरेले आफू बुर्तिबाङमा रहँदा स्थानीयबासीको अपार माया पाएकाले यस क्षेत्रलाई आफूले कहिल्यै नबिर्सने बताउनुका साथै ढोरपाटन साहित्य प्रतिष्ठानले आफूलाई गरेको सम्मान कहिल्यै नबिर्सने भन्दै धन्यवाद व्यक्त गरेका थिए । उनले आउँदा दिनहरुमा पनि प्रतिष्ठानसँग निरन्तर सहयोग र सहकार्य गरिरहने बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल बैंक लिमिटेड बुर्तिबाङका नवागत शाखा प्रमुख भरत तिवारीले आफू पहिलो पटक सरुवा भई बुर्तिबाङ कार्यक्षेत्रमा आउँदा खुसी लागेको भन्दै सबैसँग सहकार्य गरेर सेवा प्रवाह गर्ने बताए ।

कार्यक्रममा प्रभु बैंक लिमिटेड बुर्तिबाङ शाखाका प्रमुख खिम के.सी., साईन रेसुङ्गा बैंकका शाखा प्रमुख प्रेम पौडेल, एनएमबी बैंकका शाखा प्रमुख प्रकाश अर्याल, गरिमा विकास बैंकका शाखा प्रमुख अमृत श्रेष्ठ, लक्ष्मी बैंकका शाखा प्रमुख गणेश कार्की प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका सिनियर अहेब ऋतुवर्ण पौडेल, त्रिवेणी बचत तथा रिण सहकारी संस्थाका प्रबन्धक अर्जुन पोखरेल, ढोरपाटन साहित्य प्रतिष्ठानका उपाध्यक्ष थमनाथ पौडेल, सचिव पूर्णपति कँडेल, कोषाध्यक्ष विन्दु खनाल, लगायत प्रतिष्ठानका सदस्य एवं विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले घिमिरे र तिवारी दुबैलाई खादा र अबिर लगाएर एकैसाथ स्वागत तथा विदाई गरेका थिए ।

ढोरपाटन साहित्य प्रतिष्ठान, बुर्तिबाङका अध्यक्ष लोकेन्द्र निरासीको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष थमनाथ पौडेलको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक अर्जुन पोखरेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *