प्रतिकूल मौसमका बाबजुत पनि बडीगाड ग्वालिचौरमा भव्यरुपमा मनाईयो मगर दिवस !

कमल पौडेल, बडीगाड २०७५ फागुन १५ । नेपाल मगर संघ बडीगाडले आज ग्वालिचौरमा ३७ औँ मगर दिवस मनाएको छ । मौसमको प्रतिकूलताका बीच भव्यरुपमा आयोजित मगर दिवसको बडीगाड गाउपालिकाका अध्यक्ष मेहर सिँह पाईजाले उद्घाटन गर्दै भाषा संस्कृति देशकै पहिचान भएकोले सवै जातजातिको भाषा संस्कृति जोगाउन राज्य लागिरहेको वताए ।

उनले ५१ प्रतिशत मगरहरुको वसोवास रहेको बडिगाड गाउँपालिकामै मगर संस्कृति, भाषा ओझेलमा परेको भन्दै गाउँपालिकाले मगर भाषा कक्षा संचालन गरेको जानकारी दिए ।

कार्यक्रममा नेपाल मगर संघका जिल्ला सदस्य चित्र वहादुर पुनले पहिचानको लागि सवै मगरहरु एकजुट हुनुपर्ने वताएका थिए ।
मगर दिवसमा गाउँकार्यपालिका सदस्यहरु, पालिकास्तरका सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु लगाएत मगर समुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा साँस्कृतिक झाँकी, असारे माझखर्कको पञ्चैवाजा सहित मगर संस्कृति प्रदर्शन गरिएको थियो।

कार्यक्रम नेपाल मगर संघ बडीगाडका अध्यक्ष तथा वडा नं. ३ वडा अध्यक्ष खड्क वहादुर पुनको अध्यक्षता, उपाध्यक्ष नरेन्द्र पुनको स्वागत मन्तव्य तथा सचिव टिका काउचाको संचालनमा सम्पन्न भएको थियो ।

यता सदरमुकाम बागलुङ बजारमा पनि नेपाल मगर संघको आयोजनामा ३७ औँ मगर दिवस बिबिध कार्यक्रमबावीच मनाईएको छ । मगर समुदायको भेषभूषामा सजिएका महिला पुरुषहरुको विशेष जुलुसव्दारा नगरपरिक्रमा गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *