पहिलेको हिउँ पग्ली नस्कदै तेस्रो पटक हिमपात हुँदा अत्याधिक चिसोले ढोरपाटनको जनजीवन कष्टकर !

टिकाराम भट्टराई, बुर्तिबाङ, २०७५ फागुन १५ । जिल्लाको उपल्लो भागमा वर्षा सहित बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ । ढोरपाटन नगरपालिका वडा नम्वर ९ बोबाङ, सुप्राङ लगायत फल्लेघर सगैँ ढोरपाटन उपत्यकामा समेत भारी हिमपात भईरहेको स्थानिय दिपक बिश्वकर्माले जानकारी दिए । यो सगैँ ढोरपाटन उपत्यकामा लगायतका स्थानमा तेस्रो पटक हिमपात भएको हो । हिमपात र चिसोका कारण स्थानियहरु घरबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको र गाई,भैँसी,भेडा र घोडालाई घाँस एवं दाना संकलन गर्न गाह्रो भएको बिश्वकर्माले ईबागलृङलाई बताए ।

पहिले परेको हिउँ पग्लन नपाउदैँ फेरि गए राति १ बजेदेखी परेको हिमपातका कारण ढोरपाटन नगरपालिका वडा नम्वर ९ सुप्राङका स्थानिय आईते प्रधान र छन बहादुर बि।क को गाई बस्तु बाध्ने गोठ भत्काएको छ । स्थानियहरुले अहिले निकै चिसो महसूस गरिरहेको समेत बिश्वकर्माले बताए ।

ढोरपाटनमा आफुले लगाएको आलु खेती हेर्न गएका स्थानियहरु र हिउँ अवलोकन गर्न हिजो ढोरपाटन पुगेका पर्यटकहरु समेत ढोरपाटन नै रोकिएको समेत किश्वकर्माले जानकारी दिए ।

भारी हिमपातका कारण मोबाईल नेटवर्क तथा वडा नम्बर ९ मा रहेको भुजी खोला चौथो लघुजलबिद्युत आयोजनाका बिजुलीका पोलहरु समेत बाङ्गो बनेको र बिजुलीका तारहरु भुईमा लत्रिएको सञ्चालक समितिका अध्यक्ष केशब पुन मगरले बताए । लगातार पानीसँगै परेको हिमपातले आयोजनाको १८ ओटा फलामका पोलहरु अघिल्लो पटक हिमपात हुदाँ भाचिँएको र १० ओटा पोल बाङ्गिएको थियो । अझैँ पनि त्यहाँका स्थानियहरु अन्धँकारमा बस्न बाध्य रहेको पुनको भनाई रहेको छ ।

अहिले सम्म ढोरपाटनमा करिब करिब ३ फिट हिउँ परेको छ भने सुप्राङमा करिब करिब २ फिट सम्म हिउँ परेको स्थानियहरुले बताएका छन । चिसोका कारण स्थानीयहरु घर बाहिर निस्कन सकेका छैनन भने गाई,भैँसी,भेडा र घोडालाई घाँस एवं दाना संकलन गर्न गाह्रो भएको ढोरपाटन नगरपालिका वडा नम्बर ९ सुप्राङका स्थानिय युवा धन बहादुर बिश्वकर्माले बताए । ढोरपाटन तथा अर्नाकोटको धुरी, कालापोलको धुरी, धोर्जेको धुरी लगायत निसी तथा तमानको उच्च क्षेत्रहरुका डाँडा काडाँहरु अहिले हिउँले ढाकिएका छन ।

कमल पौडेल, बडीगाड, बागलुङ २०७५mागुन १५ । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले बडीगाड गाउँपालिका वडा नं. २, सक्न्यारमा निर्माण गरिएको माईस्थान मन्दिरको उद्घाटन गरेका छन् ।

गाउँपालिकाको रु ४ लाख आर्थिक सहयोग तथा स्थानियको ७० हजार जनश्रमदानबाट निर्मित मन्दिरको उद्घाटनका अवसरमा बोल्दै उपप्रमुख भुसालले नेपाल जस्तो स्वर्ग भूमिमा पर्यटनको विकास मार्फत समृद्धि हासिल गर्न ठूलो योगदान पुग्ने बताउदै आकाशे पुलमा आउने आन्तरीक तथा वाह्य पर्यटकलाई मन्दिर सम्म जोड्नुपर्ने वताए ।

उपप्रमुख भुसालले बडीगाड र दरम खोलाको संगम स्थल खर्वाङ, आकाशे पुल हुँदै माइस्थान मन्दिर, थानापति, जलजलाको वौद्ध गुम्वा, सिसाखानीको शिवधुरी हुँदै दगाको खड्ककोट जोड्ने तथा गुल्मीको मुसिकोट नगरपालिकामा रहेको छत्रकोट संग धार्मिक सर्किटको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

मन्दिरमा राखिएको देवीको मूर्ति स्थानिय राम वहादुर पुनले, जगुर वुटवल वस्ने मन वहादुर पुनले, बाघका मूर्ति भिमकला पुनले ताम्रपत्र लेखन शेर वहादुर थापाले र रङरोगन पोखरामा रहेका मनु गुरुङबाट सौजन्य प्राप्त भएको मन्दिर व्यावस्थापन समितिका अध्यक्ष ढालेन्द्र शेरचनले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष हिमा खरेल, पूर्व वडा अध्यक्ष वेल वहादुर सलामी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष भुमा थापाले ५ लाख वढीको आम्दानी खर्चको विवरण प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रम मन्दिर व्यावस्थापन समितिका सदस्य मन वहादुर थापाको अध्यक्षता, सदस्य लेखक पुनको स्वागत मन्तव्य तथा सदस्य मनु थापाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *