अबिरल वर्षा र भारी हिमपातले हात्तिपाईले रोग बिरुद्धको औषधि खुवाउने कार्य प्रभावित !

बागलुङ २०७५ फागुन १५ । बागलुङ जिल्लामा अबिरल वर्षा र उच्च भूभागहरुमा भारी हिमपातका कारण हात्तिपाईरोग बिरुद्धको औषधि खुवाउने अभियान प्रभावित बनेको छ ।

प्रमुख जनस्वास्थ्य प्रशासक दीपक तिवारी ।
जिल्लाका सुदूर पश्चिम भेगको ढोरपाटन नगरपालिका र तमानखोला, निसीखोला, बडीगाड गाउपालिकाहरुका केहि स्थानमा हात्तिपाईले रोगबिरुद्धको औषधि खुवाउने कार्य स्थगित गर्नुपरेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन ।

यता सदरमुकाम बागलुङ बजारस्थित विद्यालयहरुमा केहि दिन पहिले नै हात्तिपाईले रोगको औषधि खुवाईएको थियो । आज विहान बानपा २ स्थानीय समीक्षालय चोकमा अभियानको शुभारम्भ गरिएको जनस्वास्थ्यका प्रमुख प्रशासक दीपक तिवारीले जानकारी दिए । तिवारीका अनुसार आज सदरमुकाममा रहेका कार्यालयहरुमा गएर हात्तिपाईले रोग बिरुद्धको औषधि खुवाईएको थियो । उत जिल्लाके दक्षिण भेगको बरेङ गाउपालिकामा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले अभियानको सुरुवात गरेका थिए ,

उता निसीभूजी क्षेत्रहरुमा भने भारी वर्षा र हिमपातले हात्तिपाईले रोग बिरुद्धको औषधि खुवाउने अभियान प्रभावित बनेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब अधिकृत)ऋतुवर्ण पौडेले ईबागलुङलाई बताएका छन् । ढोरपाटन नगरपालिकाका अधिकारीचौर, बोवाङ लगायतका भागहरुमा हिमपात र वर्षाका कारण आजको अभियान नै स्थगित गर्नु परेको बताए ।

जनस्वास्थ्यका प्रमुख प्रशासक तिवारीका अनुसार यस वर्ष हात्तिपाईले बिरुद्धको औषधि खुवाउने कार्यक्रम स्वास्थ्यकर्मीहरुले घरघरमा पुगेर घरपरिबारको नाम दर्ता गरी सन्चालन गर्ने भएकाले यो अभियान औषधि नखुवाए सम्म निरन्तर चलिरहने भएकाले आज मौसमका कारण केहि प्रभावित बनेपनि भोलिका दिनमा कार्यक्रम सुचारु हुने विश्वास व्यक्त गरे ।

तस्वीर- सौजन्य ऋतुवर्ण पौडेल, अर्नाकोटबाट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *