हिमपात र वर्षाले जनजीवन प्रभावित : बडीगाडको उच्च भागमा यातायत ठप्प !

कमल पौडेल, खर्वाङ २०७५ फागुन १५ । बडीगाड गाउपालिका लगाएतका क्षेत्रमा गए रातिवाट परेको वर्षा सहित हिमपात भएको छ । समुद्री सतहदेखि १८ सय मिटर माथिका स्थानहरुमा अहिलेपनि हिँउ परिरहेको छ । बडीगाड गाउँपालिकाको वडा नं. १ को हम्मेल, र त्यो भन्दा माथि, वडा नं. ३ को सिसाखानी तारञ्जा, वडा नं. ४ को जलजला, वडा नं. ५ को सिमाक, वडा नं. ६ को सुरकुडे, वडा नं. ७ को थामचौर, वडा नं. ८ को रणसिंह, वडा नं. १० दर्लिङको माथिल्लो भागमा हिँउ परिरहेको छ ।

सवेरै देखि परेको हिँउले सो क्षेत्रको मोटरबाटो तथा कतिपय स्थानको विद्युत समेत अवरुद्ध भएको छ । स्थानियहरुले लगाएको जौं, केराउ, तरकारी पूर्णरुपमा नष्ट गरेको बडीगाड ३, तारञ्जाका श्याम वहादुर विकले जानकारी दिए । त्यस्तै केहि दिन यता साँझपख आएको हावा हुरीले बडिगाड ३, तारञ्जामा रहेको कञ्चनापुर आधारभुत विद्यालयको छाना उडाएको छ । हुरीले विद्यालयको १५ सय ढुंगा उडाएर नष्ट गरेको प्रधानाध्यापक पुनराम गिरीले ईबागलुङलाई बताए । आज हिँउ परिरहेको र विद्यालयमा छाना नभएकोले विद्यार्थी कक्षाकोठामा राख्ने अवस्था नहुँदा विद्यालय वन्द गर्नुपरकोे प्र.अ. गिरिले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *