गल्कोट समाज युकेव्दारा अग्नि पीडित नेपालीलाई राहत वितरण !

मित्र खरेल/सरीता खत्री गल्काेट गल्काेट २०७५ फागुन १५ । नगरपालिका वडा नं ११ रिघा बाघखोरका अग्नि पीडित ददिराम नेपालीलाई मंगलबार एक कार्यक्रमका बिच सहयोग हस्तान्तरण गरिएको छ । गल्कोट समाज युकेका पुर्व अध्यक्ष रेशम बुढाथोकी र गल्कोट समाज युकेका वर्तमान उपाध्यक्ष गोविन्द कडेलव्दारा अग्नी पीडित नेपालीलाई घर पुननिर्माणको लागि ३३ हजार रुपैया हस्तान्तरण गरिएको हाे ।

नेपालीको गत पौष २६ गते आगलागी भई घर गोठ नष्ट भएको थियो । यस अगाडि पनि युकेबासी रिघालीहरुबाट नगद रु १ लाख ८० हजार रुपैया हस्तान्तरण भईसकेको र रिघा समाज जापानले पनि ७० हजार अग्नी पीडित ददिराम नेपालीलाई हस्तान्तरण गरिसकेको गल्कोट नगरापालिका वडा नं ११ का वडा अध्यक्ष डम्मर बहादुर श्रीसले जानकारी दिए।

गल्कोटबाट विदेशमा गई आपत विपत्मा सहयोग गर्ने सहयोगदाताहरुलाई वडा अध्यक्ष डम्मर बहादुर श्रीसले धन्यवाद ज्ञापन गरेका छन ।

गलकोट समाज युकेका पुर्व अध्यक्ष रेशम बुढाथोकी र वर्तमान उपाध्यक्ष गोविन्द कडेललाई रत्नलक्ष्मी माध्यमिक विद्यालयले एक कार्यक्रम गरि हिरक महोत्सवलाई लक्षित गरि स्वागत र सम्मान समेत गरिएको पत्रकार मित्र खरेलले खबर पठाउनुभएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *