व्यवस्थापन समिति नै नभएको ढोरपाटनको नमुना बिद्यालय : प्रअको रजाईँले बिग्रियो पढाई !

बुर्तिवाङ २०७५ फागुन १५ । जिल्लामा विभिन्न विद्यालयहरुमा व्यवस्थापन समिति गठन गर्न र त्यस्को अध्यक्ष हुन होडबाजी चलेपनि ढोरपाटन नगरपालिकको एक प्राथमिक विद्यालय यस्तो छ जहाँ अहिले सम्म बिद्यालय व्यवस्थापन समिति गठन भएको छैन । ढोरपाटन नगरपालिकाले पटक पटक व्यवस्थापन समिति गठन गर्न पत्राचार गरेपनि प्रअको बानी व्यहोराका कारण कोहि पनि त्यस विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बन्न नचाहेको स्थानीयहरुको भनाई छ ।

ढोरपाटन नगरपालिका ८ सेरावाङ स्थित नमुना प्राथमिक बिद्यालयमा व्यवस्थापन समिति गठन हुन नसक्दा बिद्यालयको चाँजोपाँजो सबै प्रधानअध्यापको हातमा रहेपछी विद्यालय लथालिंग अवस्थामा पुगेको अभिभावक एवं स्थानीयवासीले बताएका छन् ।

गत माघ २० गते बिद्यालयकी प्रधानाध्यापिका हिरादेवी घर्तीले सोहि विद्यालयको कक्षा २ मा अध्ययनरत विद्यार्थीलाई कुटपीट गरेको घटना पछी पीडक र पीडित पक्षबीच माफी मागी मिलापत्र भएपनि समस्या भने सल्टिएको छैन उल्टै बल्झिरहेको छ ।

प्रधानाध्यापिकाले पीडित विद्यार्थीलाई बिद्यालयमा पढ्न नदिएपछी स्थानीय अभिभावकहरुले हिँजो फागुन १४ गते विद्यालयमा ताला लगाँई दिएका थिए । पछी बोवाङ प्रहरी चौकी र सरोकारवालाहरुको भनसुनमा अभिभावकहरुले अपरान्ह १२ बजे विद्यालयको ताला खोलिदिएका थिए । त्यस्को एक घण्टा पछी प्रअले नै बिद्यालयमा ताला लगाएर विद्यालयको रजिष्टर आदि झोलामा हाले हिँडेकाले बिद्यालयको पठनपाठन बन्द भएको स्थानीय ज्ञानबहादुर घर्ती र श्याम घर्तीले बताए ।

तीन कक्षा सम्म अध्यापन हुने सो प्राथमिक विद्यालयमा बिद्यालयको अध्यापन र व्यवस्थापन पक्ष दुबै गएगुज्रेको भएपछी विद्यार्थीको संख्या पनि घटेको उनिहरुले बताएका छन् । ढोरपाटन नगरपालिकाले हस्तक्षेप गरी व्यवस्थापन समिति गठन गर्नु पर्ने र प्रअलाई स्थानान्तरित गरी विद्यालय सुसन्चालनमा सहयोग गर्नु पर्ने स्थानीयको माग रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *