गायक सुमन सुनारको नयाँ गीत “मेरो कल्पनामा………” सार्वजनिक !

खेमराज अर्याल, बुर्तिबाङ २०७५ फागुन १५ । बुर्तिबाङमा रहेर पत्रकारिता गर्दै आएका गायक सुमन सुनारको नयाँ पप आधुनिक गीत सार्वजनिक भएको छ । “मेरो कल्पनामा सधै आउँछेउ तिमी” बोलको गीत Music 1 Nepal youtube च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक सुमन सुनार र गायिका मेलिना राईले स्वर भरेका छन् भने सुरज श्रेष्ठ र सुक्मित घिसिङको अभिनय रहेको छ । संगिता घिमिरेको शब्द रहेको सो गीत राजेन्द्र बजगाईको संगीत तथा एरेन्ज र प्रकाश केसीको मिक्सीङमा गीत तयार भएको हो ।

गायक सुनारको यसअघि “मलाइ छोडी जान्छेउ भने”, “दुश्मन भयौ जिन्दगीमा”, “के रैछ यो माया भन्ने मरिहत्ते गर्छन सबै”, “म जिउछु त तिम्रो साथ” लगायतका आधुनिक गीतले सफलता पाइसकेका छन् भने अहिले सार्वजनिक गरिएको “मेरो कल्पनामा सधै आउँछेउ तिमी” बोलको गीतले उनको सांगीतिक करियरमा थप उचाइ दिने अपेक्षा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *