बागलुङ जिल्लाभर वर्षा, उपल्लो भागमा वर्षा सहित भारी हिमपात, जनजीवन प्रभावित (तस्वीर)

बागलुङ २०७५ फागुन १५ । गए राति देखी बागलुङ जिल्लाभर भारी वर्षा भैरहेको छ । जिल्लाको उपल्लो भागमा वर्षा सहित बाख्लो हिमपात भएको छ । जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकाको बोबाङ गाउँ लगायत फल्लेघर हुँदै ढोरपाटन उपत्यकामा भारी हिमपात भएको सहकर्मीहरु ईन्द्र शाही तथा दिलमायाँ अदैले जानकारी दिएका छन् । त्यस क्षेत्रका जनताले निकै जाडोको अनुभूति गरेको उनिहरुको भनाई छ ।

उता निसीखोला गाउपालिकाबाट सहकर्मी कुमवीर विश्वकर्माले पठाएको तस्वीरहरुमा वर्षा सहितको हिमपात भैरहेको छ ।

तमानखोला गाउपालिकाको तमानबाट सहकर्मी बसन्त घर्तीले दिएको जानकारी अनुसार वर्षा र हिमपात भैरहेको छ भने बरेङ गाउपालिकाबाट सहकर्मी शेखर थापाले वर्षा परिरहेको र गाउँदेखी एक सय मिटर माथी माथी हिउँ परेको जनाएका छन् ।

बिहुँ घोँडाबाँधेमा भारी हिमपात भएको छ । वर्षा सहितको हिउँमा रमाउनेहरुको भीड लागेको सहकर्मी भरत प्रसाद सापकोटाले जानकारी दिएका छन् । तंग्राम फपरखेतमा भारी हिमपात भएको पनि सापकोटाले बताएका छन् ।

ताराखोला गाउपालिकाबाट सहकर्मी पूर्णभद्र निउरेले हिमपातको तस्वीर तथा चलदृश्य पठाएर गाउपालिकाको माथिल्लो भागमा हिमपात भएको र तल्लो भागमा वर्षा भैरहेको जानकारी दिएका छन् ।

ढोरपाटन नगरपालिका बुर्तिवाङको रिनाममा १३२ केभी प्रशारण लााईनको सबस्टेशन निर्माण गर्ने सिलसिलामा आज विहानै बुर्तिवाङ प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल नेतृत्को टोली बिहुँ घोँडाबाँधेमा पुग्दा वर्षा र भारी हिमपात भैरहेको टोलीका सदस्य जिल्ला प्रशासन कार्यालय, बागलुङका सूचना अधिकारी धिरेन्द्र पन्तले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी खरेलले फागुन १५ गते यति बाख्लो हिमपात भएको अनुपम दृश्य देख्न पाउनु आफैमा सुखद भएको प्रतिकृया ईबागलुङलाई दिए ।

टोलीमा प्रमुख जिल्ला अधिकारी खरेलका अतिरिक्त जिल्ला प्रहरी कार्यालय बागलुङमा नवागत प्रहरी उपरीक्षक कृष्णहरि शर्मा पोखरेल, गोरुसिँगे, पौँदी अमराई र बागलुङ १३२/१३३/११ केभी प्रशारण लाईनका आयोजना प्रमुख मनोज चौधरी, नेपाल विद्युत प्राधिकरण बागलुङका प्रमुख कपिल पाण्डे, विष्णु ढकाल, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्र पन्त, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.