जिसस उपप्रमुख भुसालव्दारा बडीगाड-२ सक्न्यारमा निर्मित माईको थान मन्दिरको उद्घाटन

कमल पौडेल, बडीगाड, बागलुङ २०७५ फागुन १५ । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले बडीगाड गाउँपालिका वडा नं. २, सक्न्यारमा निर्माण गरिएको माईको थान मन्दिरको उद्घाटन गरेका छन् ।

गाउँपालिकाको रु ४ लाख आर्थिक सहयोग तथा स्थानियको ७० हजार जनश्रमदानबाट निर्मित मन्दिरको उद्घाटनका अवसरमा बोल्दै उपप्रमुख भुसालले नेपाल जस्तो स्वर्ग भूमिमा पर्यटनको विकास मार्फत समृद्धि हासिल गर्न ठूलो योगदान पुग्ने बताउदै आकाशे पुलमा आउने आन्तरीक तथा वाह्य पर्यटकलाई मन्दिर सम्म जोड्नुपर्ने वताए ।

उपप्रमुख भुसालले बडीगाड र दरम खोलाको संगम स्थल खर्वाङ, आकाशे पुल हुँदै माइस्थान मन्दिर, थानापति, जलजलाको वौद्ध गुम्वा, सिसाखानीको शिवधुरी हुँदै दगाको खड्ककोट जोड्ने तथा गुल्मीको मुसिकोट नगरपालिकामा रहेको छत्रकोट संग धार्मिक सर्किटको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

मन्दिरमा राखिएको देवीको मूर्ति स्थानिय राम वहादुर पुनले, जगुर वुटवल वस्ने मन वहादुर पुनले, बाघका मूर्ति भिमकला पुनले ताम्रपत्र लेखन शेर वहादुर थापाले र रङरोगन पोखरामा रहेका मनु गुरुङबाट सौजन्य प्राप्त भएको मन्दिर व्यावस्थापन समितिका अध्यक्ष ढालेन्द्र शेरचनले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष हिमा खरेल, पूर्व वडा अध्यक्ष वेल वहादुर सलामी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष भुमा थापाले ५ लाख वढीको आम्दानी खर्चको विवरण प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रम मन्दिर व्यावस्थापन समितिका सदस्य मन वहादुर थापाको अध्यक्षता, सदस्य लेखक पुनको स्वागत मन्तव्य तथा सदस्य मनु थापाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.