नगरप्रमुख नेपालीव्दारा नेपाल माबि ताराको स्वर्ण महोत्सवमा रु ३ लाख ५० हजार सहयोगको घोषणा !

आफ्नो तर्फबाट १ लाख ५ हजारको अक्षयकोष र एक वर्षका लागी एक शिक्षकको व्यवस्था !

पूर्णभद्र निउरे, ताराखोला २०७५ फागुन १४ । ताराखोला गाउपालिका स्थित नेपाल मा बि ताराको स्वर्ण महोत्सवको आज ८ औ दिन विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन । ८ औं दिनको कार्यक्रमका प्रमुख अतिथि ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले नेपाल मा बि ताराले स्वर्ण महोत्सवको लक्ष्य पुरा गराउन ढोरपाटन नगरपालिकाको तर्फ बाट रु ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने र आफ्नो ब्यक्तिगत तर्फबाट बाट १ लाख ५ हजारको अक्षयकोष स्थापना गरिदिने प्रतिवद्धता जनाएका छन् ।

उनले नेपाल मा बि तारामा आफुले आफ्नो ब्यक्तिगत खर्चमा सेवा सुबिधा उपलब्ध गराउने गरि एक शैक्षिक सत्र सम्म एक शिक्षकको ब्यबस्था गरि दिने समेत घोषणा गरे । नगरप्रमुख नेपालीले शिक्षा क्षेत्रको बिकासबाट मात्र समग्र पक्षको बिकास हुने भन्दै आफुले शिक्षा क्षेत्रको बिकासका लागी हरेक ठाउँमा ब्याक्तिगत रुपबाट पनि सहयोग गर्दै आइरहेको बताए ।

यसै बिच बिद्यालयले स्वर्ण महोत्सवको अबसरमा आयोजना गरेका विभिन्न कार्यक्रम मध्य आज सम्पन्न ९ समुहको सहभागीता रहेको खुल्ला वडा स्तरीय महिला भलिबल प्रतियोगितामा बिष्णु राष्ट्रिय आधारभुत बिद्यालय मङ्गला ५ किम्चौर म्याग्दी प्रथम र नेपाल माबि तारा व्दितीय भएका छ्न ।

आजै सम्पन्न खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमि फाइनल खेलबाट नेपाल मा बि तारालाइ पराजीत गर्दै देउराली युवा क्लब हिलको समूह ए र इ सेवा हटियालाई हराउँदै देउराली युवा क्लब हिलकै समूह बी फाइनलमा प्रवेश गरेका छन ।

सोही अबसरमा बिद्यालयमा अध्ययन गरि शिक्षा , निजामती ,बैंकिङ तथा विभिन्न क्षेत्रमामा प्रबेश गरेका पूर्व बिद्यार्थी, स्नातकोत्तर उत्तीर्ण विद्यार्थीहरु साथै चन्दादातालाई सम्मान गरिएको थियो ।

८ औ दिनको कार्यक्रममा चर्चित हास्य कलाकार सुबोध गौतम र गायिका फुलमाया के सी ले सांगीतिक प्रस्तुति सँगै बिद्यालयका बिद्यार्थीहरुले सास्कृतिक प्रस्तुति राखेका थिए।

भोलि भलिबल खेलको फाइनल संगै शिक्षक अभिभावक मैत्रीपुर्ण भलिबल अन्य बाकी कार्यक्रम र चन्दादाता सम्मान सहित कार्यक्रमको समापन गरिने बिद्यालयका प्रधानाध्यापक थम प्रसाद रोकाले जानकारी दिए ।

कार्यक्रम मुल समारोह समितिका अध्यक्ष दिवस खत्री पदमको अध्यक्षता शिक्षक रामलाल सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *