गजल : हेर छोटा लुगा लगाई के पो गर्न खोजेकी हौ !

तिमी मेरो आडैमा आई के पो गर्न खोजेकी हौ ।
मन्द मन्द मुस्कु-याई के पो गर्न खोजेकी हौ ।।

लाजले म भुतुक्कै छु पानी पानी वनाई दियौ।
नजरमा नजर जुधाई के पो गर्न खोजेकी हौ।

कुनै फेशन नगरेनी त्यसै सेक्सी छौ त तिमी।
हेर छोटा लुगा लगाई के पो गर्न खोजेकी हौ।।

मन पर्दैन पिरतीको धुन भन्दानी जवरजस्ती ।
समातेर वाजा वजाई के पो गर्न खोजेकी हौ।।

एकै छिन साथ देखाई जवानीको मात देखाई।
वनाएर घायल मलाई के पो गर्न खोजेकी हौ।।

निर्मल पौडेल (एन.पि.घायल)
कुस्मा पर्वत ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *