कुस्मामा शहिद सप्ताह शुरु : मुलुक परिवर्तनको दिशामा अघि बढेको छ – हमाल

निर्मल पौडेल पर्वत २०७५ फागुन १३ । कुस्मामा शहिद सप्ताहको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्वतले शहिदहरुको तस्विरमा माल्यार्पण गरेर मनाएको छ । मंगलवार नेकपाको कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ज्ञात अज्ञात शदिहरुको स्मरण गरिएको हो । तत्कालीन झापा विद्रोहका शहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेन राज वंशी, नारायण श्रेष्ठ र कृष्ण कुईकेल तथा माओवादीले गरेको महान जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेल लगायत अन्य ज्ञात अज्ञात महान शहिदहरुको स्मृतिमा नेपाल कम्युनिस्ट पार्टी ने क पा पर्वतले कार्यक्रमको आयोजना गरेको नेकपा पर्वतले वताएको छ ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य गुप्त हमालले महान शहिदहरुको बलिदानीका बावजुत अहिले मुलुक परिवर्तनको दिशामा अघि बढेको बताए। हमालले शहिदहरुको योगदानलाई कम्युनिष्टहरुले कहिल्यै भुल्न नहुने कुरामा जोड दिँदै जुनसुकै परिवर्तनका लागि पनि कोही न कोही व्यक्ति शहिद बन्नुनै पर्ने भएकाले राष्ट्रले उनिहरुको सदैव सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।

नेता हमालले मुलुकको सम्पुर्ण बागडोर यतिवेला नेकपाले सम्हालिरहेको भन्दै अबको पाँच वर्षमा मुलुकको विकासले फड्को मार्ने बताए । हमालले पहिलो वर्ष सरकारले देखिने गरी काम गर्न नसकेपनि आधारहरु तयार पारेको बताउँदै अब भने तीब्र गतिमा मुलुकको समृद्धि र विकासका लागि काम हुने बताए ।

कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले शहिदहरुले देखाएको वाटोमा नेकपा सँधै हिड्नुपर्ने भन्दै उनले नेकपाले सँधै शहिदहरुको सम्मान गर्ने बताए । सुवेदीले यो मुलुकको परिवर्तनका लागि नेकपाको विकल्प नभएको जिकिर गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले शहिदहरुकै बलिदानी र विगतका विभिन्न आन्दोलनले मुलुकमा परिवर्तन आएको वताए ।

कार्यक्रममा नेकपाका जिल्ला नेता भक्त कुँवरले तीन तहका सरकार बन्न पनि जनआन्दोलनकै उपज भएको बताउँदै तीनै तहमा शहिद सप्ताह मनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै कुस्मा नगर कमिटि संयोजक शंकर गिरीले मुलुकको समृद्धि र विकास गर्नका लागि नै जनताले नेकपालाई दुई तिहाई मत दिएको बताउँदै जनताको आशा, उत्साह र अपेक्षालाई मर्न नदिनेगरी काम गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा शहिदहरुको तस्विरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा जिल्लाका अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *