दुई तिहाई सरकार भएको बेला दुई किसिमकोे शिक्षा प्रणाली अन्य गर्नु पर्छ:न्यौपाने

खगेन्द्र विश्वकर्मा, ताराखोला २०७५ फागुन १४ । नेकपाका युवा नेता लेखनाथ न्यौपानेले नेपाल माविको स्वर्ण महोत्सवमा संबोधन गर्दै नेपालमा दुई तिहाई सरकार भएको बेला दुई किसिमको शिक्षा प्रणालीको अन्य गर्ने पुर्ने बताउदै
अव सरकारले त्रिविका आंगीकको रुपमा मात्र संम्बन्धन दिने बताए ।

कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले देश विकासमा शिक्षाको लगानी हुनु आवश्यका छ, विद्यालय सुधारको लागी शिक्षकमा उत्साह आवश्यक छ, भन्दै अहिले सरकारले नेपालमा शिक्षाको पहुच सबैमा पुग्ने गरी कार्य गरिरहेको बताए ।

नेपाल माविको स्वर्ण महोत्सव, करोड संकलन गर्ने लक्ष्यको नजिक पुगेको छ । खेलकुदको कार्यत्रmम चलिरहेको छ । स्वर्ण महोत्सवको १३ गते विभिन्न शैक्षिक कार्यक्रमहरु सम्पन्न भएको थियो । जसमा हाजीरी जवाफ प्रतियोगीता , वक्तृत्वकला प्रतियोगीता , चित्रकला प्रतियोगीता सम्पन्न भएको छ ।

कार्यक्रमहरु गाउपालिका भित्रका विद्यालयहरुको मात्र सहभागिता थियो। हाजीर जवाफमा नेपाल मावि प्रथम दोस्रो लावाडं प्रावि क्षेजी , तेस्रो नेपाल मावि तारा भएको छ । बक्तृत्व कलामा नेपाल माविका केशव गैरे प्रथम र दुर्गा भवानीकी रजीना रोका व्दितिय, भएकी थिईन ।

चित्रकला प्रतियोगीतामा दुर्गा भवानीका विद्यार्थी लोकबहादुर दर्जी प्रथम भएका थिए । पुरुष महिला भलिवल खेल चलिरहेको छ । कार्यक्रममा कलाकार फुलकुमारी केसीले सांगीतिक प्रस्तुती राखेकी थिईन । आज हास्य कलाकार सुबोध गौतम ,खगेन्द्र विश्वकर्मा , प्रेम श्रीषको प्रस्तुती रहेको छ । कार्यक्रममा आर्थिक रकम सहयोग आई रहेको छ । रकम करोड नजिक पुगेको आर्थिक संयोजक नरबहादुर थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *