शहरी विकास मन्त्री इश्तियाक राईबाट बागलुङ बसपार्कको १४ वर्ष पछी पुन: शिलान्यास गराईँदै !

बागलुङ २०७५ फागुन १४ । बागलुङ नगरपालिका-४ दाबागरामा निर्माणाधीन बागलुङ बसपार्कको आज १४ बर्ष पछी पुन: शिलान्यास गरिने भएको छ । २०६१ सालकाे प्रारम्भमा बागलुङ जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले यस बसपार्कको दाबागरामा एक भव्य कार्यक्रमका वीच शिलान्यास गरेका थिए । त्यस शिलान्यास समारोहमा प्रत्यक्ष सहभागी अधिकृत सहितका दर्जनौँ कर्मचारीहरु यद्यपि नगरपालिकामै कार्यरत छन् ।

निर्माणाधीन बसपार्कमा स्काभेटर प्रयोग गरी निर्माण कार्य गरिएको तर बिल भर्पाई भने ज्यामीहरु लगाई काम गरिएको देखाएर रु १० लाख भन्दा बढी रकम भ्रष्टाचार गरिएको सार्वजनिक भैरहंदा आज शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईबाट शिलान्यास हुने कार्यक्रम सार्वजनिक भएको छ ।

एक पटक शिलान्यास गरिसकिएको बसपार्क पुन: शिलान्यास गर्न मन्त्रीज्यूलाई प्रयोगमा ल्याउनु पछी बागलुङ नगरपालिकाको स्वार्थ के छ ? आम चासाेकाे विषय बनेकाे छ ।

२०६० सालको कात्तिक महिनामा बागलुङ नगरपालिकाले दाबागरामा बसपार्क निर्माण गर्ने निर्णय गरेको थियो । स्थानीय जग्गाधनीहरुले बसपार्क निर्माण गर्न ३० रोपनी भन्दा बढी जग्गा नि:शुल्क दिने सहमती अनुसार दाबागरामा बागलुङ बसपार्क गर्ने नगरपालिकाले निर्णय गरेको हो ।

सो निर्माणाधीन बागलुङ बसपार्कका लागी बागलुङ नगरपालिकाले नगर विकास कोषबाट ऋण लिएर निर्माण कार्य अघि बढाए पछी बसपार्क निर्माणमा आर्थिक अपचलन ह्वात्तै बढेको हो । नगरप्रमुखले एकाएक बसपार्कको निर्माण कार्यको रेखदेख गरिरहेका नगरपालिकाका ईन्जिनियरलाई हटाएर ईन्जिनियर दयाराम अधिकारीलाई बसपार्कको जिम्मा दिएपछी बसपार्कमा व्यापक भ्रष्टाचार हुँदै आएको गुनासो सार्वजनिक भएको हाे ।

त्यसो त, बागलुङ नगरपालिका बसपार्क निर्माणलाई लिएरमात्रै चर्चामा आएको होईन, चाहे बलेवामा बिमान सेवा सन्चालनलाई लिएर होस, चाहे जथाभावी कर्मचारी भर्ती प्रकरण होस, चाहे पाईप खरीदको नक्कली बिल प्रकरण होस, चाहे पोलिथिन पाईप र ग्यावियन जाली मनपरी वितरण किन नहोस, चाहे एक पटक भुक्तानी भैसकेको निर्माण कार्यको पुन भुक्तानी दिने प्रकरण किन नहोस, चाहे त्यो स्कार्पियो जीप खरीद प्रकरण नै होस, यस्तायस्ती थुप्रै आर्थिक अपचलनका प्रकरणहरुले बागलुङ नगरपालिका दुर्गन्धित बन्दै गएको छ ।
तस्वीर- निर्माणाधीन दाबागरा स्थित बागलुङ बसपार्क र ईन्सेटमा मन्त्री मोहम्मद इश्तियाक राई ।

यी लिंकहरुपनि पढौँ
बसपार्क ठेक्का प्रकरणमा आर्थिक चलखेल: बोलपत्र मुल्यांकन तथा सिफारिस समिति नै दोषी !

यस्तो छ, बलेवा-काठमाडौ-बलेवा विमान सेवा सन्चालनको बेली-बिस्तार !

बागलुङ नगरपालिकाको छतमै देखिन्छ खुल्लम् खुल्ला भ्रष्टाचार !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *