पाङ्गराङ्गमा वडा स्तरीय हात्तिपाइले रोग निवारण अन्तरक्रिया कार्यक्रम सम्पन्न !

शीला पाण्डे पर्वत,२०७५ फागुन १३ । फलेवास नगरपालिकाको वडा न ११ पाङ्गराङ्गमा वडा स्तरीय हात्तिपाइले रोग निवारण तथा औषधि सेवन अभियानको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा वडा अध्यक्ष जित बहादुर सुनारले यो कार्यक्रम हामी सबैको कार्यक्रम भएकाले सफल कार्यनयनमा जोड दिदै, अझै पनि औसधिले असर गर्छ भन्ने अन्धबिस्वसले औषधि सेवनमा धेरै छुट्ने गरेको र अबका दिनमा त्यस्तो अबस्था हुननहुने र पाङ्गराङ्गमा यो औषधि सेवनबाट औषधि सेवन गर्न योग्य जोकोहि पनि छुट्टाउनु नहुने बताए । साथै यो कार्यक्रम अबधिभर आफुले आफ्नो तवरबाट आवाश्यक सहयोग गर्ने जनाए।

यो रोग लाम्खुट्टेको टोकाइबाट सर्ने रोग हो। यो औषधि समाज मा एकजना मात्र सेवनमा छुट्टीए वा सेवन नगरे एकजनाको माध्यमबाट समाजलाई नै असर गर्ने जनाइएको छ।

हात्तीपाइले रोग निवारण कार्यक्रम नेपाल सरकारको राष्ट्रिय कार्यक्रम हो। उक्त कार्यक्रममा नगरपालिकाका कार्यक्रम संयोजक बिजय क्षेत्रीले यो कार्यक्रम हामी सबैको कार्यक्रम भएकाले प्रभावकारी तवर बाट संचालन गर्न सम्पुर्ण स्वास्थकर्मी साथै जनप्रतिनिधिको महत्वपूर्ण हात रहने बताउदै सम्पुर्णलाई प्रभावकारी तवर बाट कार्यक्रम सन्चालनका लागि जोड दिए।

फलेवास नगरपालिकाको स्वास्थ शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा पाङ्गराङ्ग स्वास्थ चौकीका प्रमुख अङ्कित कुमार यादवले सफल अभियानको कामना गर्दै सम्पुर्ण स्वास्थकर्मीले आफ्नो दायित्व सम्झेर काम गर्नु पर्ने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ चौकीका अहेब श्याम कुमार यादव ले गरेका थिए भने उक्त कार्यक्रममा भगवती पाठक,सीता केसी , श्री सिद्ध माद्यमिक बिध्यालयका ब्यबस्थापन समितिका अध्यक्ष खिल प्रसाद पाठक प्रअ रुद्र बहादुर जिसी, स्वास्थ चौकी ब्यबस्थापन समितिका सदस्य, ध्रुब पाठक ,मान बहादुर भुषाल,टेक पाठक लगाएत जनप्रतिनिधि स्वास्थकर्मि तथा विभिन्न संघसस्थामा आबद्ध ब्यातित्वहरुको सहभागिता रहेको थियो ।

वडा अध्यक्ष जित बहादुर सुनार को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन स्वास्थ चौकी प्रमुख अङ्कित कुमार यादवले गरेका थिए भने कार्यक्रमको जानाकारी भगवती पाठकले दिएकी थिइन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.