प्रहरी उपरीक्षक दीपक रेग्मीको भावपूर्ण बिदाई !

बागलुङ २०७५ फागुन १३ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीलाई जिल्ला सुरक्षा समितिद्वारा आज भावपूर्ण बिदाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले प्रहरी उपरीक्षक रेग्मीलाई अबीर खादा र दोसल्ला ओढाई बिदाई गरेका हुन् ।

सो अवसरमा बिदाई भएर जान लागेका प्रहरी उपरीक्षक रेग्मीलाई जिल्ला सुरक्षा समितिका तर्फबाट प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

प्रहरी उपरीक्षक रेग्मीलाई अफिसर्स क्लब बागलुङव्दारा पनि आजै बिदाई गरिएको छ । क्लबका अध्यक्ष दीपक तिवारीको अध्यक्षमा बिदाई कार्यक्रमको आयोजना गरिएको थियो ।

बागलुङ नगरपालिका, विभिन्न संघ संस्थाहरुले पनि प्रहरी उपरीक्षक रेग्मीको हार्दिक बिदाई गरेका छन् ।

बिदाई भएर जानुपूर्व आजै बिहान जिल्ला प्रहरी कार्यालय बागलुङमा आयोजना गरिएको पत्रकार भेटका अवसरमा प्रहरी उपरीक्षक रेग्मीले बागलुङ जिल्लामा रहँदा जिल्लाबासीबाट पाएको सहयोगको प्रशंसा गर्दै जिल्लाको शान्ति सुरक्षा कायम गर्न आफुले निभाएको भूमिकाबारे प्रकाश पारेका थिए ।

सो पत्रकार भेटमा उनले बागलुङ जिल्लाको बहुचर्चित रुपा गौतम हत्याकाण्डका अभियुक्तलाई सार्वजनिक गर्न नसकेकोमा दुख समेत व्यक्त गरेका थिए ।

प्रनाउ रेग्मीले केहि हप्ता पहिले एक कार्यक्रममा रुपा हत्या काण्डका अभियुक्त पत्ता लागेको अभिव्यक्ति दिँदै अब चाँडैनै अभियुक्तलाई सार्वजनिक गने बताएका थिए ।

प्रनाउ रेग्मी गत २०७४ साल मंसिर महिनामा जिल्ला प्रहरी कार्यालय बागलुङ स्थानान्तरित भएर आएका थिए । हाल उनी प्रहरी प्रधान कार्यालयको केन्द्रिय अनुसन्धान ब्यूरोमा सरुवा भएका छन् ।

बागलुङ जिल्लामा कार्यरत रहँदा जिल्लाको शान्ति सुरक्षा, अमन चयन कायम गर्न मात्र नभएर जिल्लामा हुने विपद व्यवस्थापन कार्यमा प्रहरी उपरीक्षक रेग्मीको कार्य प्रशंसनीय रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *