गल्कोट ठुलाथर मसार हुदै राजाको पुल जोड्ने सडक निर्माण सम्पन्न !

घनश्याम गौतम, गल्कोट २०७५ फागुन १२ । गल्कोट नगरपालिका बडा नम्बर ६ को राजाको पुलदेखी मसार हुदै ठुलाथर सम्मको ग्रामीण सडक निर्माण सम्पन्न भएको छ ।

गत आर्थिक बर्ष २०७४/२०७५ मा गलकोट नगरपालिकाका बाट बिनियोजित १० लाख रकमले ठुलाथर देखी झोलुङ्गे पुल सम्मनिर्माण गरिएको मोटरबाटोलाई नगरपालिकाले पुन यस आर्थिक बर्ष २०७५/२०७६ मा १० लाख बजेटको ब्यबस्था गरेको थियो ।

ठुलाथरबाट सुरु भएको उक्त सडक आज राजाको पुलमा जोडिए लगतै सडक सुचारु भएको ठुलाथर मसार राजाको पुल मजुबा मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष रेशम घर्ती मगरले जानकारि दिए । गल्कोट नगरपालिकाका कार्यालयमा आउन तथा गल्कोटको हटियादेखी ताराखोलामा जानको लागी उक्त सडक सूचारु भए लगतै सहजता आएको स्थानियको भनाई छ ।

सडक निर्माण गर्न कुल २७ लाख खर्च भएको र करिब ७ लाख स्थानियबाट संकलन गरिने उपभोक्ता समितिले जनाएको छ । करिब ३ किलोमिटर मोटरबाटो सुचारु भएलगतै स्थानियमा खुसियाली छाएको बाड सदस्य भिम बिकले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.