एक हप्ते कृषि भ्रमणमा निस्केको किसानहरुको भ्रमण टोलीलाई बिदाई !

गुमानसिँह भण्डारी गल्कोट २०७५ फागुन १२ । कृषि तालिम तथा अवलोकन भ्रमण समिति गल्कोट नगरपालिका १ दुदिलाभाटिको आयोजनामा सञ्चालन गरिएको एक हप्ते भ्रमण टोलीलाई बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको बिदाई कार्यत्रममा बोल्दै उद्योग बाणिज्य सङ्घ नेपालका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठले कृषि पेसालाई आधुनिकिकरण गर्नुपर्ने बताए ।

उनले कृषकहरूले उत्पादन गरेका कृषि उपजहरूलाई बजारिकरण गर्नका लागि बागलुङ उद्योग बाणिज्य सङ्घले सहजिकरण गर्ने बताए । सो अवसरमा भ्रमणको उदेश्यका बिषयमा भ्रमण समितिका सचिव लाल बहादुर रानाले जानकारी गराएका थिए ।

सङ्घले कृषकहरूलाई टीका र खादा लगाएर बिदाई गरेको छ । कार्यत्रम सङ्घका अध्यक्ष युवराज राज भण्डारिको अध्यक्षतामा सम्पन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.