प्रथम बलेवा महोत्सव-२०७५को समापन आज : दोहारी गीतको उपाधी गोरखाको हातमा !

बागलुङ २०७५ फागुन १२ । बागलुङ नगरपालिका १४ नारायणस्थानमा आयोजित प्रथम बलेवा महोत्सव २०७५ आज समापन हुने कार्यक्रम रहेको छ ।

प्रथम बलेवा महोत्सवको अवसरमा फागुन ११ गते आयोजित लोक दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा शाखा प्रथम भएको छ ।

शनिबार भएको प्रतियोगिताको फाईनलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङलाई पछि पार्दै गोरखाले प्रथम स्थान हासिल गर्न सफल भएको हो । त्यसैगरी दर्पण छायाँ दोहोरी साँझ पोखरा र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङले तेस्रो स्थान हासिल गरेका छन ।

बिजयी टोली प्रथमले ३० हजार रुपैयाँ व्दितियले २५ हजार रुपैया र तृतियले १५÷१५ हजार रुपैयाँ प्राप्त गरेको दोहोरी गीत प्रतियोगिता निर्णायक समितिका संयोजक गायक पूर्ण परियारले जानकारी दिए ।

त्यसै गरी महोत्सवको अवसरमा आयोजित खुल्ला रत्यौली प्रतियोगितामा कुस्मा खरेया ग्रामिण महिला समुह पर्वत, प्रथम, कामना स्वावलम्बी महिला समुह पैयुँपाटा, व्दितिय, गणेश मावि नारायणस्थान तृतिय र अभियान आमा समुह पैयुँपाटा सान्त्वना भएका छन ।
शनिबारको कार्यक्रममा चर्चित गायक बसन्त थापा, याम क्षेत्री, काजल गुरुङ कृष्ण सुवेदी, सीता परियार लगायतका कलाकारहरुको सांगितिक प्रस्तुती रहेको थियो ।

बागलुङ नगरपालिका १४ मा रहेको स्थानिय नारायणस्थान सामाजिक प्रतिष्ठानको आयोजनामा फागुन २ गते बाट सुरु भएको महोत्सव आईतबार सम्म संचालनमा रहने छ ।

महोत्सवबाट बलेवा क्षेत्रको प्रचारप्रसार गर्दै कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनका लागि कम्तीमा १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको महोत्सव मुलआयोजक समितिका संयोजक भरत पौडेलले बताए ।

महोत्सवमा यस क्षेत्रका विभिन्न व्यक्तिले कृष्णगण्डकी क्याम्पसको शैक्षिक विकासका लागि लाखौं रकम आर्थिक सहयोग गर्दै आएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *