प्रवास कतार नेपाली एकता समाज दोहा एरिया समितिको भव्यरुपमा भेला सम्पन्न !

उद्धव मगर, दोहा कतार २०७५ फागुन ११ । सन २०१९ फेब्रुअरी २२ तारीखका दिन कतार नेपाली एकता समाज दोहा एरिया समितिको भव्य भेला सम्पन्न भएको छ । दोहा एरिया समितिका अध्यक्ष गिरी काउछा मगरको अध्यक्षता प्रमुख अतिथी कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाईवा, अतिथी लुमाकान्त पुन मगर, धन बहादुर परियार, टुकनाथ शर्मा, अमर वि.क हाँक साप्ताहिक पत्रकार उद्धव मगरको उपस्थितीमा कार्यक्रम सञ्चालक सचिव रण बहादुर परियारको सञ्चालनमा गरीब दुःखी निमुखाहरुको लागी निरन्तर अगाडी बढ्दै आहुती दिने शहीदहरु प्रति १ मिनट मौनधारण तथा यस समितिका सदस्य तेज नारायण शर्माको स्वागत भाषण पश्चात कार्यक्रम निरन्तर खुलासत्र अगाडी बढेको थियो भने समितिमा ९ पुर्ण र ४ सल्लाहाकार गरी जम्मा १३ सदस्सीय कार्यसमिति चयन गरेको छ ।
जसमा ः– अध्यक्ष– गिरी काउछा मगर (बागलुङ) उपाध्यक्ष– केयर सिंह थापा, (बागलुङ) सचिव– रण बहादुर परियार ( बागलुङ ) कोषाध्यक्ष– शंकर थापा –( बागलुङ ) सदस्यहरु, राजु मगर,(रामेछाप) तेज नारायण शर्मा ( बागलुङ ) लिलाकान्त चालिसे, ( बागलुङ ) रिम बहादरु पुन ( बागलुङ ) गंगाधर रेग्मी, (स्याङजा) सल्लाहाकार, अमर वि.क, ( बागलुङ ) दल बहादुर नेपाली ( बागलुङ ) खगेश्वर भूषाल – (अर्घाखाँची) श्याम परियार (तनहुँ) रहेका छन् ।

कार्र्यक्रममा कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाईवाले आफ्ना भनार्इृहरु राख्दै हाम्रो संगठन सर्वहारा वर्गको नेतृत्व गर्ने संगठन भएकोले हामीले कतारमा रहेका अन्यायमा परेकाहरुलाई सहयोग गर्नु पर्ने र ठाउ–ठाउमा गएर मजदूहरुलाई संगठीत गर्दै संगठन निमार्ण गर्नु पर्ने र त्यस्ता काम अहीले सम्म कसैले गर्न नसकेको र एक मात्र कतार नेपाली एकता समाजले गरेको दावी गरे ।

अन्तमा यस कार्य समितिका सम्पुर्ण पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए । त्यस्तै शुभकामना दिने क्रममा टुकनाथ शर्माले पनि बधाइृ तथा शुभकामना दिए । कार्यक्रमको अन्त्यमा यस भेलाका अध्यक्ष गिरी काउछा मगरले कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.