वडाध्यक्ष थापाव्दारा घरबास निर्माण कार्यक्रम अन्तरगत निर्माणाधीन घरहरुको निरीक्षण !

मित्र खरेल, गल्कोट २०७५ फागुन ११ । गल्कोट नगरपालिका ९ का वडाध्यक्ष तेजबहादुर थापाले शहरी विकास आयोजना गरिबी निवारण आवास कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा निकासा भएको रकमबाट निर्माण भैरहेका घरहरुको आज अनुगमन अवलोकन गरेका छन् ।

घरबास निर्माण योजना अन्तर्गत वडा नम्वर ९ का डिलबहादुर बिक बाँसखोला, काले कामी बाँसखोला, भविलाल बिक बांग सल्ला, जयराम दमाई छिस र दानसिँह दमाई रिष्मीलाई घरबास निर्माण गर्न जनहीँ ३ लाख ३५ हजार रुपयाँ किस्ता बन्दीमा उपलव्ध गराएर निर्माणाधीन अवस्था रहेका भवनहरु निरीक्षण गरी प्राविधिक स्टमेट अनुसार निर्माण गर्न निर्देशन दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *