नेबिसंघको आयोजनामा हटियामा एक दिने नेतृत्व विकास प्रशिक्षण सम्पन्न !

गल्कोट २०७५ फागुन ११ । नेबिसंघ गलकोट बहुमुखी क्यापसको आयोजनामा एक दिने नेतृत्व बिकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गल्कोट नगरपालिका ३ हटियामा सम्पन्न उक्त कार्यक्रममा नगरपालिका भित्रका बिभिन्न बिद्यालयका बिद्यार्थी, नेपाल बिद्यार्थी संघ गलकोट बहुमुखी क्यापसका पदाधिकारी लगायत गरि करिब ५० जना बढीको सहभागीता रहेको थियो ।

नेपाल बिद्यार्थी संघका बिषयमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेसका जिल्ला सदस्य तथा स्वतन्त्र बिद्यार्थी युनियन गल्कोट बहुमुखी क्यापसका संस्थापक सचिव फम बहादुर खत्रीले सामन्ती र राणाहरुको कब्जामा रहेको नेपालको तत्कालीन उच्च शिक्षालाई नेपाली कांग्रेसले २०१५ सालको नेपालकै प्रथम निर्व्चित प्रधानमन्त्री बिपि कोइरालाको नेतृत्व गरेको सरकारले जनताका छोरा छोरीले पनि उच्च शिक्षा पढ्न पाउनु पर्छ भनेर नै २०१६ मा त्रिभुवन विश्व बिद्यालयको स्थापना गरेको बताए । खत्रीले हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन नेपाल बिद्यार्थी संघ भएको र यसले ईतिहास देखि वर्तमान सम्म बिद्यार्थी सँगै देशको बिकासका लागी महत्वपुर्ण भुमिका खेलेको उल्लेख गरे । तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना भएको समेत खत्रीको भनाई थिया ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका महाधिबेशन प्रतिनिधि यम श्रीसले नेपाली राज्य व्यवस्थाले विद्यार्थीको साथ पाएर धेरै परिवर्तनको अनुभूति गर्न सकेको बताए । श्रीसले परिवर्तनकारी आन्दोलनलाई उत्कर्षमा पुयाउने र परिवर्तनको स्वाद चखाउने काम विद्यार्थीहरू मार्फत भएको पनि उल्लेख गरै । उनले प्रजातन्त्र पुनर्वहाली, लोकतन्त्र र गणतन्त्रसम्ममा पनि नेपाल बिद्यार्थी संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष उमाकान्त पौडेलले नेपालको सवैभन्दा परिस्कृत र लामो इतिहास बोकेको ने.वि.संघ विद्यार्थी राजनीतिमा भिन्न पृष्ठभुमी भएको संगठन भएको उल्लेख गर्दै संगठन सरल, सहज, शालीन र विद्यार्थीको शैक्षिक हितका लागि उत्तरदायी हुनुपर्ने समेत बताए ।

नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य वीरजङ भण्डारीले परिवर्तनको प्रतिनिधित्व गर्ने संस्था ने.वि.संघले लोकतन्त्र प्रतिको निष्ठा, वर्गिय हक अधिकार, सु–शासन, पारदर्शीता र जवाफदेहीतामा आफ्नो जीवन अर्पण गरेको उल्लेख गरे । स्वतन्त्र बिद्यार्थी युनियन गलकोट बहुमुखी क्यापसका सभापति गुमानसिह भण्डारीले कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै नेपाल बिद्यार्थी संघ अग्रगामी सोच सहित प्रगतिशील र परिस्कृत कर्मको यात्री बन्नुपर्नेमा जोड दिए । उनले ने.वि.संघ हरेक विद्यार्थीको मनमा आशा र भरोसाको ढुकढुकी बन्नुपपर्ने बताए ।

कार्यक्रममा नेपाल बिद्यार्थी संघ गलकोट बहुमुखि क्यापसका पुर्व उपाध्यक्ष दिपक मल्ल, सल्मा थापा मगर, रोशन खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए । सो अवसरमा गल्कोट नगरपालिकाकी नगर उपप्रमुख रेनुका काउचा सहित प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रम नेपाल बिद्यार्थी संघ गलकोट बहुमुखी क्यापसका अध्यक्ष नविन गौतमको अध्यक्षता, उपाध्यक्ष सुरज भण्डारीको स्वागत मन्तब्य, सरिता गौतम र सचिव सिमा परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.