शिक्षा क्षेत्रमा सुधार ल्याउनु नै मुसिकोट नगरपालिकाको प्राथमिकता : नगरप्रखुम सापकोटा

कौरव खत्री, गुल्मी २०७५ फागुन ११ । गुल्मीको ददल्का माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ९ ददल्काले विद्यालयको ५७ औ बार्षिकउत्सव तथा ददल्का स्वर्ण स्मारिका विमोचन सहितको विविध कार्यक्रमहरु सम्पन्न भएको छ ।

बार्षिकोत्सवको उद्घाटनमा ददल्का स्वर्ण स्मारिका विमोचन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले शिक्षा क्षेत्रको विकास नभएसम्म समाजको विकास सम्भव नहुने बताए ।

साथै नगरप्रमुख सापकोटाले अवको ५ बर्षभित्र नगरपालिकालाई देशको नमूना नगरपालिका बनाउन आफू लागि परेको बताउदै यसमा सबै नगरवासीहरुले साथ र सहयोग दिन आग्रह गरे ।

साथै उनले अवको शिक्षालाई कस्तो बनाउने भन्ने बारेमा नगरपालिकाले थप व्यवस्थित गर्न लागि रहेको बताउदै अवमै बसेर केही गर्न आग्रह गरे ।

साथै उनले गाँउमा गुणस्तरीय शिक्षा नहुदा पनि कतिपय स्थानका नागरिकहरु लेखपढ र सुविधाको लागि शहरतिर झर्ने क्रम बढेकोले यसलाई रोक्नु पर्ने बताए ।

साथै उनले विद्यालयका शिक्षक,प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति एवं सबै पक्षहरु मिलेर विद्यालयकोे शैक्षिक विकास र गुणस्तर सुधारको लागि लाग्नु पर्ने बताए ।

साथै विद्यालयको ५७ औ बार्षिक उत्सव तथा ददल्का स्वर्ण स्मारिका विमोचन कार्यक्रमका अवसरमा नेपाल शिक्षक महासंघ गुल्मीका सह सचिव रामकृष्ण कंडेल, सीतापुर माध्यमिक विद्यालय अलाङ्गकोटका प्रधानाध्यापक विष्णुप्रसाद खरेल,जनजागृति माध्यमिक विद्यालय काडेवासका शिक्षक देवराज खरेल,बरिष्ठ चन्दादाता तुलसीराम खरेल,अक्षयकोष दाता ललित प्रसाद खरेल,युवा जागरण युवा क्लव ददल्काका अध्यक्ष सुधन खरेल, पूर्व शिक्षक कृष्णप्रसाद काफ्ले,समाजसेवी गोपिकृष्ण खरेल, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै कार्यक्रममा मुनपा ९ निवासी समाजसेवी तुलसीराम खरेलले विद्यालयलाई रु.४ लाख,११हजार १सय,५१ रुपैया,बरावरको नगद चेक हस्तान्तरण गरेका थिए ।

सोही अबसरमा बरिष्ठ चन्दादाता तुलसीराम खरेल तथा विद्यालयका पूर्व शिक्षक कृष्णप्रसाद काफ्ले ,कौरव खत्री लगायतलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालय स्तरीय रेर्कड डान्स प्रतियोगिता, पिटि प्रर्दशन लगायत विद्यालयका आन्तरिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क बहाखुर खत्रीको अध्यक्षता तथा विद्यालयका शिक्षिका पुष्पा शर्मा विद्यार्थी लोक बहादुर खत्री प्रिकां परियारको स्वागत मन्तव्य रहेको कार्यक्रम विद्यालयका शिक्षक व्दय कालिदास खरेल र बुद्धिमणि खरेलले गरेका थिए ।

बार्षिक उत्सव गत फागुन ८ देखि ९सम्म अनौपचारिक तथा १०गते औपचारिक गरिएको हो । २०६८ साल फागुन १ देखि ५ सम्म विद्यालयको स्र्वण महोत्सव गरिएको थियो । स्र्वण महोत्सवको स्मारिका भने ८ बर्षपछि अर्थात हिजो शुक्रवार विमोचन गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *