गल्कोट समाज यु के द्वारा अग्निपीडितका लागि राहत रकम हस्तान्तरण !

पूर्णभद्र निउरे, ताराखोला २०७५ फागुन १० । गल्कोट समाज यु के द्वारा ताराखोला गाउँ पालिका वडा न ४ तारा मा गत पौष २४ गते आगलागी परि ज्यान गुमाएका बालबालिका का अभिभाबक लाई राहत रकम प्रदान गरिएको छ।

गल्कोट समाज यु के का पुर्ब अध्यक्ष रेशम बुढाथोकी को पहल मा सन्कलित रकम मध्य बाट आगोमा परेका बाल बालिका हरु रनिस रोका,रितु घर्ती र आयुश घर्ति को परिवार का लागि जनही ४० हजार का दर ले एक लाख बीस हजार र गोठ जलेका याम बहादुर खत्री का लागि ६ हजार रुपैयाँ रुपैया हस्तान्तरण गरिएको हो ।

राहत रकम हस्तान्तरण कार्यक्रम मा बोल्दै ताराखोला गाउँपालिका का अध्यक्ष प्रकाश घर्ती ले यस्ता खालका घटना हरु नचाहदा नचाहदै घट्ने हुदा अब शोक लाई शक्ति मा बदलेर अगाडी बढ्न पीडित परिवार जन लाई अनुरोध गर्नु भएको थियो ।

कार्यक्रम मा गल्कोट समाज यु के का अध्यक्ष रेशम बुढाथोकी वडा न ४ का वडा अध्यक्ष जित बहादुर खत्री ले मन्तव्य राखेका थिय । कार्यक्रम ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता सन्चारकर्मी पूर्णभद्र निउरेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *