जनहित माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सव एकता युवा मञ्चद्वारा ४ विद्यार्थी सम्मानित

गल्कोट २०७५ फागुन १० । गल्कोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्विमा सरकारको मात्रै मुख ताक्ने प्रवृत्तिले अपेक्षा गरे अनुसारको नतिजा आउन नसकेको बताएका छन । जनहित माध्यमिक विद्यालय मल्मको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको समुदघाटन गर्दै यस्तो बताएका हुन । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक विद्यार्थी र अभिभावक जिम्मेबार बन्नु पर्ने बेला आएको वडा अध्यक्ष थापाको भनाई रहेको छ ।

सो अवसरमा घुम्टे युवा परिवारका अध्यक्ष तथा पुर्व विद्यार्थी थम्मन थापा सन्देश, शिक्षक अभिभावक संघका संयोजक घनश्याम थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य ज्ञान बहादुर थापा, अक्षयकोषदाता छुम बहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिकोत्सवको अवसरमा एकता युवा मञ्च मल्मले २ वर्ष अघि खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरि संकलित रकमबाट स्थापना गरिएको अक्षयकोषबाट ४ जना दलित विपन्न र जेहेन्दार विद्यार्थीलाई ड्रेस, शैक्षिक सामग्री र सरसफाई सामाग्री सहित सम्मान तथा पुरस्कृत गरिएको छ ।

मञ्च अध्यक्ष थम्मन थापा सन्देश कोषाध्यक्ष प्रकाश थापा सह कोषाध्यक्ष भुमिराज थापा, सदस्य सरोज थापाले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । त्यस्तै घुम्टे युवा परिवारद्वारा सञ्चालित स्वर्गिय मुकुन्द चोखाल स्मृति कोषबाट कक्षा ८ को जिल्ला स्तरिय परिक्षामा प्रथम हुने शिक्षा खडकालाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा विद्यालयको वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन प्रधानध्यापक विष्णु प्रसाद गौतमले प्रस्तुत गर्नुभएको थियो । वार्षिकोत्सवमा वार्षिक परिक्षामा प्रथम, द्वितिय र तृतिय स्थान गर्ने विद्यार्थीहरु, अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने सदनलाई पुरस्कार वितरण गरिएको थियो । वार्षिकोत्सवको अवसरमा अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता, स्वर्गीय लाल बहादुर साहानी स्मृति लोक गीत तथा नृत्य प्रतियोगिता, हाॅस्य व्यङ्य प्रस्तुति प्रस्तुत गरिएको थियो ।

५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस जनहित माध्यमिक विद्यालय मल्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, शिक्षक डोल बहादुर केसीको स्वागत र शिक्षक शुशिला गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *