बागलुङमा सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको गण्डकी प्रदेशमा दोश्रो शाखा बिस्तार !

बागलुङ २०७५ फागुन १० । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले आफनो सेवा बागलुङमा बिस्तार गरेको छ । कार्यालयको उदघाटन गर्दै उद्योग बाणिज्य सघंका केन्द्रिय सदस्य निमार्ण कुमार श्रेष्ठ बासुले बीमा बारे आम नागरिकलाई सुसुचित गराउन तर्फ लाग्नुपर्ने बताउदै जनचेतनाको कमीले सबै नागरिकहरुले आफनो,परिवार र अन्य सदस्यको बीमा गराउन नसकेकोले यसबारे जानकारी दिन जुटनुपर्ने सल्लाह दिए ।

समयमै आफु र परिवारको जीवन बीमा गरी आर्थिक सुरक्षा र सामाजिक समृद्धिको लागि सदैब निश्चित हुन सकिने सानिमा लाईफ इन्स्योरेन्स लि.का महाप्रबन्धक शिवराम तिमिल्सीनाले बताए । देशका बिभिन्न स्थानमा सानिमा लाईफ इन्स्योरेन्सले आफनो शाखा बिस्तार गरेको हुदा सबैले ढुक्क भएर बीमा गर्न सकिने गरि व्यवस्था मिलाएको उनको भनाई थियो ।

कार्यक्रममा उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारी, माछापुच्छ्रे बैकमा शाखा प्रबन्धक बिनोद त्रिपाठी, सानिमा लाईफ इन्स्योरेन्सका मुख्य प्रबन्धक गणेश चौलागाई, सहकारीको तर्फबाट चुणामणी आचार्य लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । सानिमा लाईफ इन्स्योरेन्स लि.का महाप्रबन्धक शिवराम तिमिल्सीनाको अध्यक्षता र शाखा प्रमुख बलराम कडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले गण्डकी प्रदेशमा दोस्रो शाखाको रुपमा बागलुङमा कार्यालय स्थापना गरि काम थालेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.