चैत दशैँ मेलामा १ लाख ३३ हजार पुरस्कार राशीको भलिबल प्रतियोगिता सन्चालन गरिने !

भलिबल प्रतियोगिता सम्पन्न गर्न कूल रु ७ लाख ५० हजार खर्च लाग्ने !

बागलुङ २०७३ चैत ७ । चैत्राष्टमी मेला– २०७३ व्यवस्थापन समितिले चैत दशैँ मेलाका अवसरमा प्रदेश नं ४ अन्तरगत बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लका साबिक गाविसहरुले भाग लिनपाउने गरी ‘कालिका कप भलिवल प्रतियोगिता’ सन्चालन गर्ने भएको छ ।

समितिले यस प्रतियोगितालाई “अन्तर गाविस धौलागिरी अंचल स्तरीय कालिका कप भलिबल प्रतियोगिता” नामाकरण गरेको छ भने प्रतियोगिताका बिजेतालाई कालिका कप सहित नगद १ लाख ३३ हजार ३ सय ३३ रुपैया पुरस्कार राशीको घोषणा गरेको छ ।

मेला ब्यवस्थापन समितिका मुल संयोजक राजु खड्काका अनुसार उप विजेतालाई नगद ८८ हजार ८ सय ८८ रुपैया तथा तेस्रो हुने २ टिमलाई २०/२० हजार रुपैया नगदको व्यवस्था गरिएकोे छ ।

प्रतियोगितामा माथी उल्लेखित चार जिल्ला भित्रका साविकका गाविसहरुले भाग लिन पाउने छन । गाविस भित्रका क्लब वा संघसस्थाहरुले पनि सहभागिता जनाउन पाउने छन । प्रतियोगीतामा सहभागीताको लागि सम्बन्धित गाविसको सिफारिस तथा खेलाडीको नागरिकता वा परिचय पत्र पेश गर्नु पर्ने व्यवस्था गरिएको छ ।

कालिका पिकनिक स्पटमा १९ गते देखि आरम्भ हुने प्रतियोगिताका लागी भलिबल टिमहरुले १६ गतेसम्ममा टिम दर्ता गर्नुपर्ने संयोजक खडकाले जानकारी दिए । प्रतियोगिता ब्यवस्थापनको जिम्मेवारी मेला ब्यवस्थापन समितिले जिल्ला भलिबल संघ, बागलुङलाई दिएको छ ।

कालिका कप भलिबल प्रतियोगिताको ब्यवस्थापनका लागी कूल ७ लाख ५० हजार खर्चको अनुमान गरिएको संघका सचिव सन्दिप पन्तले बताए । प्रतियोगितामा विभिन्न ६ विधाका उत्कृष्ठ खेलाडीहरुलाई समेत पुरस्कारको ब्यवस्था गरिएको छ ।

यो भलिबल प्रतियोगिता पुरुषको मात्रै हो कि, महिलाको मात्र हो या दुबैको हो आयोजकले खुलाएको छैन । तर तीन वर्ष पहिले २०७० सालको चैत दशैँ मेलामा पुरुष तथा महिला भलिबल प्रतियोगिता सन्चालन गरिएको थियो ।


फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *