नेपाल माबिको स्वर्ण महोत्सवको समुद्घाटन : अब नेपालमा कोहि पनि शिक्षा, स्वास्थ र रोजगारीको अभावमा तड्पिन पर्दैन – प्रचण्ड

पूर्णभद्र निउरे, ताराखोला (बागलुङ) २०७५ फागुन १० । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पदाहाल प्रचण्डले सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी सम्बन्धि नयाँ ब्यबस्थाका साथ एन कानुन निर्माण गरि सकेकाले अब नेपालमा कोहि कसैले पनि शिक्षा, स्वास्थ र रोजगारीको अभावमा तड्पिन नपर्ने बताएका छन् ।

नेपाल मा बि ताराको स्वर्ण महोत्सवको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रचण्डले बिद्यालयको भौतिक संरचना निर्माण र प्राबिधिक शिक्षाको शुरूवातका लागि आफुले सम्बन्धित ठाउँमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै सरकारले आगामी बर्ष ज्येष्ठ नागरिकलाई सम्मान हुने गरि तथा स्थानीय तहमा उत्पादनलाई जोड दिई रोजगारी सृजना गर्ने गरि बजेट ल्याउने तयारी गरेको समेत जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद द्वय देबेन्द्र पौडेल र मना के सी, प्रदेश सांसद चन्द्र बहादुर बुढा ‘सागर’, दिलमाया रोका, प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रिय उपाध्यक्ष चन्द्र ढकाल, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती, समाजसेवी डण्डपानी कडेल, सुवास राजभण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको अबसरमा चर्चित लोकगायक बिष्णु खत्रीको शहीद संग जोडिएको गीतको प्रस्तुतिले सबैलाई भावुक तुल्याएको थियो । सोही अबसरमा बिद्यार्थीहरुको तर्फबाट सांगीतिक प्रस्तुति तथा पीटी प्रदर्शन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बिद्यालयका सस्थापक, पूर्व प्र अ, बि ब्य स अध्यक्ष तथा चन्दादाताहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम मुल समारोह समितिका अध्यक्ष दिवस खत्री ‘पदम’को अध्यक्षता, शिक्षक रामलाल सुबेदीको संचालन र शिक्षक अभिभावक संघका अध्यक्ष धन बहादुर खत्रीको स्वागतमा सम्पन्न भएको थियो ।


फागुन १५ सम्म संचालन हुने स्वर्ण महोत्सवको अबसरमा प्राविस्तरिय हाजिरी जवाफ प्रतियोगिता , आधारभुत तहको छात्र भलिबल , मा बि तहको बक्तृत्वकला , सामुहिक सास्कृतिक नृत्य , खुला वडास्तरिय महिला तथा पुरुष भलिबल लगायतका कार्यक्रमको आयोजना गरिएको बिद्यालयले जनाएको छ।

कार्यक्रम अबधि भर विभिन्न राष्ट्रिय कलाकारहरुको साङ्गितिक प्रस्तुति समेत रहने सन्चार समितिका सदस्य बिबेक परियारले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply