कुश्मा नगरपालिकाको नगरस्तरीय हात्तीपाइले रोग निवारण अभियान अन्तरक्रिया कार्यक्रम सम्पन्न !

शीला पाण्डे, पर्वत, २०७५ फागुन १० कुश्मा नगरपालिकाको नगरस्तरीय हात्तीपाइले रोग निवारण अभियानको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य नै देश बिकाशको आधार हो, भन्ने मुल उद्देश्यका साथ सन्चालन हुन लागेको यस हात्तीपाइले रोग निवारणका लागि औषधि सेवन कार्यक्रमको पुर्व सन्ध्यामा नगर स्तरिय सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम कुश्मा नगरपालिकाको आयोजना तथा जिल्ला स्वास्थ कार्यलय पर्वतको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले अझै पनि औषधि सेवन गर्नु पर्छ भन्ने जनचेतनाको कमीले औषधि सेवनमा समस्या हुने गरेको बताउदै सम्पुर्ण नगरवासीले चेतनाको स्तर बढाउदै लैजानु पर्नेमा जोड दिए। कार्यक्रमको स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत सुवास कुमार लामिछानेले यहि १५ गतेदेखि सन्चालन हुन लागेको हात्तिपाइले रोग निवारण अभियानको सफल कार्यन्वयन हाम्रो दायित्व हो भन्ने नगरबासी लगायत सम्पुर्ण नागरिकलाई बताउदै यसलाइ सफल बनाउनु साझा चुनौती रहेको र यसमा सबै जिम्मेवारपुर्ण रुपमा लाग्नु पर्ने बताए ।

यस कार्यक्रमलाई सफल पार्न सन्चारकर्मी साथै जनप्रतिनिधिको महत्त्वपूर्ण हात हुने भएकाले पुर्ण सहयोगको अपेक्षा गर्दै सफल अभियानको कामना गरेका थिए ।

साथै अघिल्लो बर्षहरुमा औसधि सेवनमा प्रभावकारी नदेखिएको कारण यस बर्ष तालिम प्राप्त स्वास्थकर्मी नै खटिने जनाइएको छ । यस औषधि सेवन कार्यक्रम१५ गतेबाट सन्चालन भएर औषधि सेवनमा छुटेकाको लागि निरन्तर रुपमा खुवाउदै लैजाने पनि जनाइएको छ।
कुश्मा नगरपालिकामा हात्तिपाइले रोग निवारण अभियान कार्यक्रमको लागि १० लाख ६२ हजार रकम विनियोजन गरिएको छ भने पर्वत जिल्ला भरि रु ५ लाख विनियोजन गरिएको छ।

कार्यक्रम केन्द्रिय निर्देशनको आधारमा सन्चालन गरिएको जनाइएको छ । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य अधिकृत सजिना महर्जन, दिपक भण्डारीले गरेका थिए। साथै यो अभियानमा औषधि सेवन गर्न योग्य सम्पुर्ण ब्यक्तिहरुले औषधि सेवन गर्नु र गराउन अनुरोध गर्दै, औषधि सेवनबाट मात्र समाज र देशलाई अपाङ्गता हुनबाट बचाउन सकिने भण्डारीले बताए।

साथै कार्यक्रममा कुश्मा नगरपालिकाका उप नगरप्रमुख सीता काफ्ले लामिछाने , अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडी , सामाजिक बिकास समिति पर्वतका अध्यक्ष तथा वडा अध्यक्ष शिव प्रसाद पौडेल, नारायण माध्यमिक बिध्यालयका प्र।अ, अम्बिका लोहनी आचार्य ,शिवालय माबिका प्र।अ, भुपेन्द्र चापागाईं, शिव.वालय बहुमुखी क्याम्पसका प्रमुख कमल शर्मा तथा कुश्मा नगरपालिकाका सम्पुर्ण शाखाका प्रमुख, तथा १४ वटै वडाका वडा अध्यक्ष तथा प्रतिनिधि विभिन्न संघ सस्थामा आबद्ध प्रमुख तथा प्रतिनिधि, लगाएतको सहभागी रहेको थियो भने कार्यक्रमको सन्चालन यामप्रसाद शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.