गल्कोट रिष्मीमा बाख्रापालक किसान समुह गठन !

मित्र खरेल, गल्कोट २०७५ फागुन १० । गल्कोट नगरपालिका रिष्मीमा आज बाखा्र पालक किसानहरुको भेलाले देउपुर बाख्रा पालक किसान समुह गठन गरेको छ ।

आज गठित किसान समुहको अध्यक्षमा तोय नारायण सापकोटा, कोषाध्यक्षमा रामचन्द्र कँडेल, सचिवमा गोपाल गौतम तथा सदस्यहरुमा घनश्याम सापकोटा, धनपति सापकोटा, पुरुषोत्तम सापकोटा, गोपाल दर्जी, मीनबहादुर केसी, प्रेमबहादुर केसी, कृष्णबहादुर बुढाथोकी र वडा नं ९ का पशु प्राविधिक फणिन्द्र्र चापागाई रहेका छन् ।

वडाध्यक्ष तेजबहादुर थापाको विशेष आतिथ्यता रहेको सा् भेलामा गल्कोट नगरपालिकाका पशुशाखा प्रमुख चिन्तामणि शर्माले नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट साना किसान बाखा्रपालन जनचेतना अभिमूखीकरण कार्यक्रम अन्तरगत समिति मार्फत बाख्रापालक १० जना किसानहरुलाई रु १२ हजार बराबरको एकएक वटा बाख्रा वितरण गरिने जानकारी दिए ।

वडाध्यक्ष तेजबहादुर थापाले राम्रो गर्ने किसानहरुलाई पुरस्कृत गरिने बताएका थिए भने पशुप्राविधिक फणिन्द्र चापागाईले पनि बोलेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *