हटिया बजारमा नो पार्किङ एरिया तोकिएपछी यात्रुलाई सुबिधा, सवारी चालकलाई समस्या !

पार्किङ निषेधित क्षेत्रमा सवारी साधन राखे रु ५ सय जरिवाना !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ फागुन १० । गल्कोटको हटिया बजारमा पार्किङ ब्यवस्थापनमा कडाई गरिएको छ । हटियाको बजार भित्रका जीपपार्क, बैंक, क्याम्पस, बिद्यालय क्षेत्रभित्र पार्किङ अब्यवस्थित बन्दै गएपछि ट्राफिक ब्यवस्थापन गर्न सुरु गरिएको हो ।

पार्किङ सहज बनाउने उद्देश्यले गल्कोट नगरपालिका वडा नम्बर ३ ले ट्राफिक कार्यालय गल्कोटलाई नो पार्किङ स्ट्याण्ड प्रदान गरेको छ । वडास्तरीय बजेटबाट वडाले ट्राफिक कार्यालयलाई १० वटा नो पार्किङ स्टयाण्ड सहयोग प्रदान गरेको हो । हाल गल्कोट बहुमुखी क्यापस, गल्कोट माद्यमिक बिद्यालय, ग्लोबल बैंक नजिक स्टयाण्ड राखिएको ट्राफिक प्रहरी हवल्दार गगन बिकले बताए ।

गल्कोटको हटिया बजारमा ट्राफिक ब्यवस्थापन चुनौती बनेको बताउदै नो र्पार्किङले सहजता बनाउने वडाध्यक्ष वीरजङ भण्डारीले बताए । भण्डारीले गल्कोटको पार्किङ ब्यवस्थापन गर्न ट्राफिकले ल्याउने योजनामा वडाले सधै सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । गल्कोट ट्राफिक कार्यालयका बिकले हटियामा ट्राफिक ब्यवस्थापन चुनौतीपूर्ण रहेको बताउदै सवैको सहयोग र साथको खाँचो रहेको बताए । भौगोलिक हिसाबले समेत गल्कोटमा एक जना ट्राफिक प्रहरीले हेर्न नसक्ने बताउदै बिकले सवैको साथ र सहयोग अपरिहार्य भएको बताए । बिकले वडा कार्यालयले दिएको वोर्डले ट्राफिक ब्यवस्थापनमा केही सहजता ल्याएको बताउदै वोर्ड राखेको ५० मिटर अगाडि सम्म पार्किङ गर्न नपाईने बताए ।

मध्यपहाडी लोकमार्ग हटिया आसपासमा पार्किङस्थल नभएकाले यतिबेला गल्कोटमा भएका ट्याक्सी, जिप, बस, ट्याक्टर, मोटरसाईकल लगायतलाई पार्किङ स्थलको खोजीमा भौतारिनु परेको छ । लोकतन्त्र चोकदेखि ग्लोबल बैंकसम्म टनाटन सवारी साधन पार्किंङ गर्दै आईरहेका सवारी चालकहरुलाई यतिबेला उक्त क्षेत्रमा दुर्घटनाको खतरा बढ्ने र पैदल यात्रीहरुको यात्रामा सहजता ल्याउने उदेश्यले पार्किङ निषेध गरेपछि चालकहरुलाई सवारी साधन पार्किङका लागी समस्या परेको हो । हटियाको भित्री बजार र आसपासमा पार्किङस्थल नभएकाले सवारी पार्किङ निषेध गर्ने निर्णय कार्यान्वयनमा चुनौती थपिने देखिएको स्थानियको भनाई छ ।

गत फागुन ६ गतेदेखि हटियाको मुख्य चलहलपहल हुने क्षेत्रमा पार्किंङ ब्यवस्थापन गर्ने गरि पार्किङ निषेध बोर्ड राखिएको हो । जसले गर्दा यतिबेला जीपपार्क, बसपार्क, क्यापस, स्कुल र बैंक क्षेत्रभित्र सडक खुल्ला भएको छ । सवारी साधन सँगै यात्रुहरुलाई आवतजावतमा सहजता भएको स्थानियको भनाई छ । हालसम्म बोर्ड स्थापना गरेपछि पनि करिब १७ जना कार्वाहीमा परेको बिकको भनाई छ । नो पार्किङ अगाडि सवारी साधन पार्किङ गर्नेलाई जनही ५सयका दरले जरीवाना लिने गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.