ढोरपाटन नगरस्तरीय जेष्ठ नागरिक मञ्चको नयाँ समिति गठन : अध्यक्षमा आचार्य !

छविलाल पाण्डे, बुर्तिबाङ २०७५ फागुन ९ । बुर्तिबाङमा ढोरपाटन नगरपालिका स्तरीय जेष्ठ नागरीक मञ्चको बिहिबार प्रथम बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

साविक बुर्तिबाङ गाविसमा सीमित रहेको मञ्चले नगरपालिका अन्र्तगत सबै वडाका जेष्ठ नागरीकलाई समेट्दै उक्त कार्यक्रमको आयोजना गरेको हो । जेष्ठ नागरीकका हक अधिकार स्थापित गराउन र जेष्ठ नागरीकलाई पर्ने समस्याका निम्ती स्थानिय सरकार संग ध्यानाकर्षण गराउन आफुहरु एकतृत भएको नव निर्वाचित समितिका संयोजक चन्द्रकान्त आचार्यले बताए ।

मञ्चका निवर्तमान तर्दथ समिती अध्यक्ष नरबहादुर केसीको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा नगरपालिका अन्र्तगत सवै वडाका ८९ जना जेष्ठ नागरीकहरुको भेलाले चन्द्रकान्त आर्चायको अध्यक्षतामा १९ सदस्यीय जेष्ठ नागरीक मञ्च समिती संगै ६ सदस्य सल्लाहकार समितीको गठन गरिएको हो ।

गठित समितीको उपाध्यक्षमा गँगा बहादुर विक, सचिव भद्रमणि सुनार, कोषाध्यक्ष दुर्गादेवी घर्ती, सहसचिव भक्तबहादुर श्रीपाली लगाएत अन्य पदादिकारी रहेका छन् ।

त्यस्तै सल्लाहकार समितीमा धीरप्रताप सिँह, दलबहादुर भण्डारी, नरबहादुर खत्री, तुल्सिराम अर्याल, हर्कबहादुर गुरुङ, पूर्णबहादुर छन्त्याल रहेका छन । कार्यक्रमको सञ्चालन चुडामणि भुसालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.