नेपाल माध्यमिक बिद्यालय ताराखोलाको स्वर्ण महोत्सव जारी !
स्वर्ण महोत्सवको औपचारिक उद्घाटन भोलि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने !

पूर्णभद्र निउरे,ताराखोला २०७५ फागुन ९ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा न ४ मा रहेको नेपाल माध्यमिक बिद्यालय ताराको स्वर्ण महोत्सवको उदघाट्नका लागि नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोलि ताराखोला आउने भएका छ्न । भोलि ठिक १२ बजे हेलिकप्टर मार्फत पूर्व प्रधानमन्त्री प्रचण्ड ताराखोला आउने कार्यक्रम तय भएको स्वर्ण महोत्सव मुल आयोजक समितिका अध्यक्ष दिवस खत्री पदम ले ईबागलुङलाई जानकारी दिए । अध्यक्ष खत्रीका अनुसार भोलि नै प्रचण्ड संगै अन्य बिशिष्ठ ब्याक्तित्वहरुको सम्बोधन र बिद्यालयका सस्थापक, पूर्व बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष , प्रधानाध्यापक , तथा चन्दादातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ।

७ गते देखि बिद्यालयका आन्तरिक कार्यक्रम सहित शुरु भएको स्वर्ण महोत्सवको आज तेस्रो दिनमा आइपुग्दा आधारभुत तहको छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ । ७ समुहको सहभागीता रहेको भलिबल प्रतियोगितामा नेपाल मा बि ताराको समूह ए प्रथम र दुर्गा भवानी मा बि ताराले व्दित्तिय स्थान हात पारेका छन ।

यसै गरि आज एवीसी टेलिभिजनको इन्द्रेणी कार्यक्रमका कलाकार खिमा रोकाको साङ्गीतिक प्रस्तुती संगै बिद्यालयका बिद्यार्थीहरुको सास्कृतिक प्रस्तुती रहेको थियो ।

भोलि बिहान देखि खुल्ला वडास्तरिय पुरुष भलिबल प्रतियोगिता संचालन हुने खेल संयोजक लोक बहादुर क्षेत्रीले जानकारी दिए।

फागुन १५ सम्म संचालन हुने स्वर्ण महोत्सवको अबसर मा प्राबिस्तरिय हाजिरी जवाफ प्रतियोगिता , आधारभुत तहको छात्र भलिबल , मा बि तहको बक्तृत्वकला , सामुहिक सास्कृतिक नृत्य , खुला वडास्तरिय महिला तथा पुरुष भलिबल लगायतका कार्यक्रमको आयोजना गरिएको बिद्यालयले जनाएको छ।

कार्यक्रम अबधि भर विभिन्न राष्ट्रिय कलाकारहरुको साङ्गीतिक प्रस्तुति समेत रहने सन्चार समितिका सदस्य बिबेक परियारले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *