भैरब माविको भवन शिलान्यास : शिक्षाको गुणस्तर बृद्धि गर्न शिक्षकहरुले मिहिनेत गर्न आवश्यक – प्रजिअ खरेल

मित्र खरेल, गल्कोट २०७५ फागुन ९ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले गल्कोट वडा नं ९ बाँसखोला स्थित भैरब माध्यमिक बिद्यालय भवनको आज एक कार्यक्रमका वीच शिलान्यास गरेका छन् ।

भूकम्प पुननिर्माण प्राधिकरण शिक्षा ईकाई बागलुङबाट चालु आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन भएको रकमबाट भवन निर्माण कार्यको शुभारम्भ (शिलान्यास) गरिएको हो ।

शिलान्यास समारोहमा प्रमुख अतिथीको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी खरेलले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षकहरुले विशेष मिहिनेत गर्नु पर्ने बताउदै बिद्यार्थीहरुलाई अनुशाषित बनाउन, बिद्यालय सेवा क्षेत्र भित्र निरक्षरता निर्मुल गर्न, लागु औषधको दुव्र्यसन बिरुद्ध अभियान चलाउनु पर्ने बताए । उनले विद्यालयको प्रगति र उन्नतिका लागि आफ्नो तहबाट सक्दो सहयोग प्रदान गर्ने पनि बताए । शिक्षालाई भौतिक विकासमा मात्र नभएर विद्यार्थीको गुणस्तरिय शिक्षा बनाउनका लागि शिक्षक अभिभावक विद्यार्थी र सम्बन्धित सबैसँग शिक्षाको सवालमा बहस गर्नुेपर्ने उनकाे भनाइ थियो । प्रजिअ खरेलले विद्यालय भवन भनेको विकासको पुर्वाधार भएको हुनाले योजनाको काम समयमै सक्नुपर्नेमा समेत जोड दिए ।


शिलान्यास कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गौतम, स्वागत मन्तव्य निमित्त प्रअ मोतिलाल गौतम, शुभकामना मन्तव्य गनपा वडा नं ९ का अध्यक्ष तेजबहादुर थापाले दिएका थिए भने कार्यक्रमको सन्चालन शिक्षक नन्दराम गौतमले गरेका थिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी खरेलले गल्कोट नगरपालिकाको ९ नं वडाकार्यालयको अनुगमन गरेका थिए । अनुगमनका लागी वडा कार्यालय पुग्दा वडाध्यक्ष तेजबहादुर थापा लगायत विभिन्न व्यक्तिहरुले स्वागत गरेका थिए ।

अवलोकनका क्रममा प्रजिअ खरेलले नागरिकता, पेन्सन आदिको सिफारिसलाई प्रभावकारी बनाउन आग्रह गर्दै विपद व्यवस्थापनका लागि वडामा जग्गा हेरी हेलिप्याड निर्माण गर्न समेत निर्देशन दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *