कृतिम दुनियामा रमाउदिन !

रहन सकुला ठुला शहरका महलमा,
मेरो झुप्रोबाट हराउदिन
बुकिफुलको सुगन्धमा हुर्केको पो हु,
पलास्टिक फुल मन पराउदिन।।

मेरो ज्यान दुरदराज पुग्न सक्छ
बाध्यता या परिस्थिति सँग सँगै,
जतिनै सहनुपरे पनि सहन्छु पीडा असह्यै,
तर यो मन अलग गराउदिन।।

आँखाभरी सजिएका छन् ती
पाखापखेरा देउराली झलझली,
यो हावा यो पानी, चिर्बिर भुलेर म
त्यो कृतिम दुनियामा रमाउदिन।।

राम प्रसाद शर्मा
बाग्लुङ

२०७५ फागुन ९ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *