दिनेश शर्मा, भिङगिठे बडीगाड २०७५ फागुन ८ । गत वर्ष साउन २९ गते साविक भिमगिठे गाविस वडा न २ को ठुलीचौरबाट खसेको पहिरोले भिङगाड खोला थुनिएपछी खोलापारी रहेको ४२ किलोवाटको भिङगाड प्रथम जलविद्युत आयोजनाको पावर हाउस पुरै बगाएर आयोजनाको भौतिक संरचना क्षेतिग्रस्त बनेको लघुजलविद्युत आयोजना एक हप्ता भित्र सन्चालनमा आउने आयोजनाले बताएको छ ।
उक्त आयोजनाको २०७५ सालको असोज महिनामा पुननिर्माण कार्य सुरु गरिएको र आगामी दुई महिना भित्र सम्पन्न हुने आयोजनाका सचिव जीत बहादुर थापाले बताएका थिए । उनले बैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र ललितपुरको रु ५५ लाख आर्थिक अनुदान र समुदायबाट २० लाख जनश्रमदानसहित विद्युत परियोजनाको पुनर्निमार्ण कार्य थालनी गरिएको जानकारी दिँदै पहिलेको भन्दा १३ किलोवाट क्षमता बढाएर ५५ किलोवाट विद्युत् उत्पादन गर्ने बताएका थिए।
आज ईबागलुङ संग कुरा गर्दै आयोजनाका सचिव थापाले आगामी एकहप्ता भित्र आयोजनाबाट उत्पादिन बिद्युत उपभोक्ताहरुलाई वितरण गरिने बताए ।
परियोजनाका प्राविधिक प्रेम पौडेलले निर्माण कार्य अन्तिम चरणमा रहेको, पावर हाउस भित्रको सेटिङ आज मिलाईने जानकारी दिँदै साबिक ४२ किलोवाट भन्दा १३ किलोवाट बिद्युत उत्पादन बढी हुने बताए ।
उनले विद्युत उपभोक्ताहरु बढेकाले मागपनि बढेको बताउदै पोडेलले पहिले उपभोक्ताहरुको तुलनामा अहिले निकै विद्युत खपत हुने जानकारी दिए ।