योग अभ्यास, आध्यात्मिक चिन्तनलाई अपनाउनु पर्ने आजको आवश्यकता- ब्रकु राजु खड्का

पोखरा, २०७५ फागुन ८ । पोखरा उप महानगरपलिका १६ बाटुलेचौर स्थित मातृशिशु मितेरी अस्पताल पोखराको अयोजनमा सन्चालित दुई दिवसीय क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालको अध्यक्षतामा भएको सो प्रशिक्षणमा सफल जीवन, तनाव व्यवस्थापन, सकारत्मक सोच, मानवशयि मुल्य, सतकर्म आदि विषयहरुमा प्रशिक्षण दिँुदै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीका प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले मानवलाई उर्जाशील बनाउनको लागि मानवको मनमा सद्विचार, शुभभावन जस्ता विचारहरु निरन्तर उत्पन्न भईरहोस त्यसका लागि दैनिक शान्तिमा रहने एवंम् योग अभ्यास आध्यात्मिक चिन्तनलाई अपनाउनु पर्ने आजको आवश्यकता भएको बताए ।

प्रशिक्षणको अनुभव व्यक्त गर्दै प्रशिक्षार्थी व्यवस्थापन समितिका सदस्य षुष्पलाल तिमिल्सेना,नर्स अचर्ना शर्मा, शर्मिला श्रेष्ठ, दुर्गा के.सी, एम कुमारी गुरु¨, ओम बहादुर थापा, जेपिडीकी सिरोमीता कासी,पोखरा महानगरपालिका बित्तिय अधिकृत सविता ढु¨ना लागाएताका महानुभावहरुले प्रशिक्षणको अनुभव व्यक्त गुर्दै यस प्रकारका प्रशिक्षणले हामीहरुमा रहेको मानसिक प्रदुषणको समस्यहरुलाई कम गर्न सहयोग पुराउने र सेवाभाव, दयाभाव, इमान्दारीता, कर्तव्य वोध बनाउनमा सहयोग पुराउने बताएका थिए । प्रशिक्षमा अस्पतलका डाक्टर,नर्स,व्यवस्थपान समितिका सदस्य,कर्मचारी गरी ६३ जनाको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.